२४ पुस, काठमाडौं । मंगलबार बसेको संसदको पूर्वाधार समिति बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको डकुमेन्ट नआएसम्म बैठक सुरु नहुने अडान राखेका छन् । ऊर्जा मन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उपस्थितमा सुरु भएको बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् ब्यापारको डकुमेन्ट पाइसकेपछि मात्रै बैठक सुरु हुनुपर्ने बताए […]