सरकारी कानुनबिनै निजी क्षेत्रले भारतसँग विद्युत् व्यापारको सम्झौता गरेको छ । नेपाल–भारतका निजी व्यापार कम्पनीले मंगलबार दुई सय मेगावाट विद्युत् व्यापार सम्झौता गरेका हुन् । अन्तरदेशीय विद्युत् व्यापार गर्ने उद्देश्यले स्थापित नेपाल पावर एक्सचेन्ज कम्पनी (नेपेक्स) र भारतको स्टिलमिन्ट इन्डिया कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको हो ।