काठमाडौँ उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिँदै आएको महानगर यातायात प्रालि काठमाडौँ उपत्यका सार्वजनिक यातायात क्षेत्रको अग्रणी संस्था हो। यस संस्थाले ३९ थान आकर्षक, सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस सञ्चालन गरी उत्कृष्ट सेवा प्रदान गर्दै आएकोमा असोज १० गते घटस्थापनाको दिनको शुभ अवसर पारेर थप १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस थपी सञ्चालनमा ल्याएको छ।