काठमाण्डौ - टाटा मोटर्सका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ । नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
७ सिट क्षमताको याे गाडीमा आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण भएकाे तथा आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीकाे दाबी छ।
नयाँ सफारीको डिजाइन ग्राहकहरुको इच्छा र आकाङ्क्षा अनुरुप आकर्षक, बलियो र “स्पोर्टी” रहेको छ । सिप्रदीको न...