काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा संस्थापन पक्षका कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदीय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णप्रसाद यादव विजयी भएका हुन्। उनले १४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हुन्। राम संस्थापन इतर पक्षका उम्मेदवार हुन्। इतर पक्षमा विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाको समर्थन थियो। कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन