नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि मतदान हुँदै

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत प्रदेश २ को सभापतिका लागि बुधवार मतदान हुँदैछ । धनुषाको जनकपुरमा बुधवार दिउँसो अधिवेशन हुन लागेको हो ।  केन्द्रीय महाधिवेशन अगावै प्रदेशको अधिवेशन हुनुपर्नेमा विवादका कारण हुन सकेको थिएन । कांग्रेस प्रदेश २ को सभापतिका लागि संस्थापन पक्षबाट कृष्ण यादव र डा. शेखर कोइराला प्यानलको समर्थनमा विमलेन्द्र निधि निकट रामसरोज यादवबीच प्रतिस्पर्धा हुँदैछ ।  कृष्ण यसअघि रौतहट कांग्रेसको जिल्ला सभापति थिए । धनुषा कांग्रेसको सभापति रहेका रामसरोज प्रदेश सरकारमा मन्त्री छन् । अन्य ६ प्र...