कर्णाली प्रदेशमा शनिबार थप ११५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। १३६ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ७० जना र २२१ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यो सँगै कर्णालीमा कोरोना सङ्क्रमण हुनेको कुल सङ्ख्या ३१ हजार ८५५ पुगेको छ। शनिबार सबैभन्दा धेरै सुर्खेत जिल्लामा ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यस्तै कालिकोटमा २५, रुकुम पश्चिम