कर्णालीमा ९५ प्रतिशत सङ्क्रमित निकाे भए

काठमाडाैं। पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दैछ। सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्। कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ। सङ्क्रमितमध्ये ९५ प्रतिशत निको भइसकेका छन्। गम्भीर बिरामी ६ जना भेन्टिलेटरमा,५३ आइसीयूमा,३७० आइसोलेसन केन्द्रमा र पाँच हजार १७१ जना होमआइसोलेशनमा छन्।