कर्णालीमा कोरोना सङ्क्रमण दर ओरालो लाग्यो

सुर्खेत। कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १ सय २४ पुगेको छ ।

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमण दर बढेपछि सीमा क्षेत्रमा कडाइ

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमण दर हेर्दा पनि पहिलो भन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो  साता ५६ जनामा सङ्क्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।भारतमा कोरोना सङ्क्रमण दर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा सङ्क्रमण दर बढ्दै गएको नि

नेपालमा कोरोना सङ्क्रमण दर १४ प्रतिशत, आज थपिए ७ सय १० जना

पछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । आज पाँच हजार २५ नमूनाको परीक्षण गर्दा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ । जुन १४ प्रतिशत बढी हो । आज दुई हजार ५४१ नमूनाको पिसीआर विधिबाट परीक्षण गर्दा ५२४ …

बागलुङमा कोरोना सङ्क्रमण दर बढ्यो

गलकोट– बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको छ । लक्षण देखिएकामा गरिएको एन्टिजेन्ट परीक्षणमा उनीहरूलाई  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोनास्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ । जिल्लामा एक सातादेखि […]

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै

विगत केही दिनदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको छ । सङ्क्रमणमुक्त दर भने बढेको पाइएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २६८ जनामा कोरोना सङ्क्रमण भएको छ ।सोही अवधिमा १९९ महिलासहित ४२६ कोरोना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पिसिआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा दुई÷दुई, ताप्ले

भिडभाड र आवतजावतकै बीच कोरोना सङ्क्रमण दर घट्यो

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर पाँच प्रतिशत नजिक झरेको छ । ११ हजार तीन सय ५५ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको यो सङ्ख्या पछिल्लो आठ महिनापछिकै कम हो ।  काठमाण्डौ उपत्यकामा दशैँअघि विभिन्न जात्राहरू भए, जहाँ हजारौँको भिड थियो । दशैँअघिको किनमेलका कारण काठमाण्डौ उपत्यकासहित देशभरका सहर तथा स–साना बजारमा पनि भिड लाग्...

यूएईमा कोरोना सङ्क्रमण दर न्यून, पुरानै लयमा फर्कँदै

काठमाण्डौ – कोरोना सङ्क्रमण घट्दै गएपछि यूएईले केही सार्वजनिक स्थानमा अनिवार्य मास्कको व्यवस्था हटाएको छ । पूर्ण रूपमा खोप लगाइसकेको र सङ्क्रमण दर पनि न्यून रहेको भन्दै यूएईले स्वीमिङपुल, समुद्री किनार लगायतका ठाउँमा मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाएको हो । यस्तै एकै परिवारका व्यक्तिले निजी सवारीमा हिँड्दा पनि मास्क लगाउन पर्ने छैन ।  यूएईमा पछिल्लो समय दैनिक सङ्क्रमण दर ६२ प्रतिशतले घटेको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ९२ प्रतिशतभन्दा धेरैले खोपको पहिलो मात्रा लगाएको र ८१ प्रतिशतभन्दा धेरैले खोपको ...

कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झर्‍यो

काठमाण्डौ – नेपाली  श्रमिकको श्रम गन्तव्य देश कुवेतमा कोरोना सङ्क्रमण दर घटेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झरेको छ । यस्तै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पनि ९९.०९ प्रतिशत पुगेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण दर घट्नुमा नागरिकलाई लगाइएको खोपको उपलब्धि भएको कुवेती स्वास्थ्य मन्त्रालयले  उल्लेख गरेको छ ।  कुवेतमा अहिलेसम्म ४ लाख १० हजार ९०१ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ४ लाख ७ हजार ३९६ जना निको भएका छन् भने २४ सय ३४ जनाको ...

थाहा नगरपालिकामा कोरोना सङ्क्रमण दर बढ्दो

मकवानपुरको थाहा नगरपालिकामा अझै कोरोना भाइरस सङ्क्रमण दर घटेको छैन ।  नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिले जति प्रयास गर्दा पनि कोरोना सङ्क्रमण दरमा कमी नआएको नगरप्रमुख लवशेर विष्टले बताए ।नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलका अनुसार थाहा नगरपालिकामा अहिले २५० कोरोनाका सक्रिय बिरामी छन् । त्यसमध्ये १४६ जना अर्थात् ५८ प्रतिशत बिरामी वडा नं १ र ६ का मात्र छन् ।  वडा नं १ मा ६८ र वडा नं ६ मा ७८ जना कोरोना भाइरस सङ्क्रमणका बिरामी छन् । तीमध्ये धेरैजसो एकै टोलका छन् । कोरोना

कर्णालीमा कोरोना सङ्क्रमण दर घट्दै

कर्णाली ब्युरो । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणदर घट्दै गएको छ । कोरोनाको नयाँ भेरिअन्ट देशभर वृद्धि भइरहे पनि कर्णाली प्रदेशमा भने घट्दै गइरहेको छ । गत वैशाख २६ मा कोरोना सङ्क्रमण दर कुल परीक्षणको ८१ प्रतिशत रहेकोमा आइतबार घटेर ३१ प्रतिशतमा झरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय , सुर्खेतले प्रेस विज्ञप्ति मार्फत जानकारी […]

विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण दर घट्यो

काठमाण्डौ – विदेशमा कार्यरत नेपालीहरूमा कोरोना सङ्क्रमण दर घटेको छ । पछिल्लो केही सातादेखि विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण दर घटेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताउनुभयो ।  यस्तै विदेशमा कोरोनाबाट ज्यान गुमाउने दर पनि घटेको छ । गएको साता एक जना नेपालीको पनि कोरोनाबाट विदेशमा ज्यान गएको छैन ।  अहिलेसम्म विदेशका विभिन्न २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ भने ५३ देशमा ६३  हजार ३ सय ७ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्ट...