कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले कोरोना जिते

पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिए ।“पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएक

सम्बन्धित सामग्री

एकैदिन ४४३३ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा ४४३३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि हुँदा सो संख्यामा संक्रमण मुक्त पनि बनेका हुन् ।पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएको थियो ।  यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् ।

तुलसीपुर मेट्रो अस्पतालबाट ६१ जनाले जिते कोरोना

तुलसीपुर । तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना आइसोलेसनबाट अहिलेसम्म ६१ जनाले कोरोना जितेर घर फर्किएका छन् । शान्तिनगर र तुलसीपुरका सहित २ जना कोरोना संक्रमित मंगलबार कोरोना जितेर घर फर्किएपछि निको हुनेको संख्या ६१ जना पुगेको हो । कोरोना जितेका दुबैजनालाई लुम्बिनी प्रदेशका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई र रामलखन हरिजनले स्वास्थ्य सामग्री दिएर […] The post तुलसीपुर मेट्रो अस्पतालबाट ६१ जनाले जिते कोरोना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

होम आइसोलेशनबाटै ७२२ जनाले जिते कोरोना

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थलका ३१ बर्षिया भरत भण्डारीलाई गत वैशाख १५ गतेबाट टाउको दुख्ने, ज्वरो आउने लगायतका कोरोनासँग मिल्दाजुल्दा लक्षणहरु देखा पर्न थाले । वैशाख १७ गते अर्घाखाँची पुगेर पिसिआर् गराए । उनमा कोरोना पोजेटिभ आयो । त्यसपछि स्वास्थ्यकर्मीको सम्पर्कमा होम अइसोलेशनमा बसे । होम आइसोलेशनमा पनि शरिर दुख्ने, ज्वरो आउने […] The post होम आइसोलेशनबाटै ७२२ जनाले जिते कोरोना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्तिले जिते कोरोना

५ जेठ, गुल्मी । गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन् । २०७२ सालमा मिर्गौला प्रत्यारोपण गरेका भण्डारीले दरिलो आत्मबलले नै कोरोना जित्न सफल भएको बताए । कोरोना संक्रमित भएको बेला परिवार आफन्त तथा साथीभाइहरुको हौसला नै मुख्य औषधि हुने […]

सूर्य थापाले जिते कोरोना

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना संक्रमणलाई जितेका छन् । आज सामाजिक सञ्जालमाफैत थापाले आज दश दिनमा कोरोनालाई पराजित गरेको जानकारी गराएका छन् । उनले लेखेका छन्-“सम्पूर्ण आदरणीय तथा शुभचिन्तक मित्रहरू !आज यहाँहरू सबैमा काेराेना संक्रमणलाई दाेस्राेपटक पनि पराजित गरेकाे सुखद जानकारी गराउन पाउँदा मलाई अत्यन्तै खुशी लागेकाे […]

पूर्वराजा ज्ञानेन्द्र शाहले जिते कोरोना

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी कोरोना संक्रमणमुक्त भएका हुन् । २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उनको अवस्था अहिले सामान्य छ

एनआरएनए अध्यक्ष पन्तले जिते कोरोना

काठमाडौं, २८ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त कोरोना संक्रमणमुक्त भएका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष पन्तले आफ्नो पछिल्लो स्वास्थ्य परीक्षणमा कोरोना नेगेटिभ देखिएको बताएका छन् । उनी कोरोना संक्रमण भएर ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । उनले उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिसिटी असप्ताल परिवारप्रीत हृदयदेखि नै धन्यवाद […]

खानेपानी मन्त्रीले पनि जिते कोरोना

काठमाडौं । खानेपानी मन्त्री मणि थापाले कोरोना जितेका छन् । आज गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । गत वैशाख १३ गते सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।  आजै पर्यटनमन्त्री भानुभक्त ढकालले पनि कोरोना जितेका थिए ।

दुई मन्त्रीले जिते कोरोना

केपी ओली सरकारका दुई मन्त्रीले आज कोरोना जितेका छन् । खानेपानी मन्त्री मणि थापा र पर्यटन मन्त्री भानुभक्त ढकालले  कोरोना जितेका हुन् । आज गरिएको परीक्षणमा दुबैको रिपोर्ट जेगेटिभ आएको हो।

संक्रमणमुक्त हुने दर पनि बढ्यो, एक सातामा १० हजारले जिते कोरोना

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढिरहँदा निको हुनेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र १९ सय ९३ जना निको भएर घर फर्किएका छन्।  एक हप्ताको तथ्यांक हेर्दा निको हुनेको संख्या बढेको देखिन्छ। १६ गते बिहीबार ८ सय ८८ जना संक्रमणमुक्त भएका थिए भने १७ गते ९ सय २८ जनाले कोरोना जितेका थिए। त्यस्तै १८ गते १२ सय ८७ जना निको भएका थिए। १९ गते १६ सय १२ जना ठिक भए। २० गते दुई हजार २१ जनाले कोरोना जिते भने २१ गते १७ सय ७५ नि