काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असन्तुष्टि व्यक्त गरेको छ।सहमतिको कार्यान्वयनमा आनाकानी गर्दै गर्दा ओली सरकार बहिर्गमन भएपछि देउवा सरकार गठन भएको पहिलो सातामै सहमतिबारे ध्यानकर्षण गराउँदा समेत बेवास्ता भएको भन्दै समस्या समाधान नभएर झन् जटिल स्थितिमा जानसक्ने चेतावनी समेत दिएको हो। नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञाप