भाडा बढाउन मुख्यमन्त्रीलाई ७ दिने चेतावनी

हेटौँडा : नेपाल ट्रक यातायात व्यवसायी महासंघले भाडा बढाउन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सात दिनको समय दिएको छ।  मंगलबार ज्ञापनपत्र बुझाउँदै महासंघले इन्धनको मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउन मुस्किल भएको भन्दै भाडा बढाउन ७ दिने अल्टिमेटम दिएको हो। उनीहरूले ७ दिनभित्र मूल्य समायोजन नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी दिएका छन्। वैज्ञानिक प्रणालीका आधारमा भाडा बढाउन सरकारले ट्रक व्यवसायीसँग सम्झौता गरेअनुसार ५ रुपैयाँ इन्धनको मूल्य बढ्दा भाडा बढाउने सहमति कार्यान्वयन गर

सम्बन्धित सामग्री

भाडा बढाउन माग गर्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित

१५ साउन, काठमाडौं । ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् । महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई […]

छोटो दूरीका सार्वजनिक सवारीको भाडा बढाउन माग, आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै छोटो दूरीमा चल्ने सवारी साधनको भाडा बढाउन माग गरेका छन् । व्यवसायीले वागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयसँग स्वचालित भाडा समायोजन गर्न माग गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासघं नेपालका महासचिव भरत नेपालले भाडा समायोजन गर्न माग गर्दै आज मन्त्रालयलाई पत्र...

ग्यास आपूर्ति ठप्प पार्ने व्यवसायीको चेतावनीपछि धमाधम सिलिन्डर भर्दै उपभोक्ता

पेट्रोलियम व्यवसायीले आपूर्ति ठप्प पार्दै आन्दोलन गर्ने चेतावनी दिएपछि बजारमा ग्यास आपूर्तिमा चाप परेको छ । व्यवसायीहरूले ढुवानी भाडा बढाउन माग गर्दै चैत पहिलो सातादेखि आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । आन्दोलन भएपछि ग्यास पाउन मुस्किल पर्ने आशंका गर्दै उपभोक्ताहरू सिलिन्डिर भर्न र अतिरिक्त जम्मा गर्न लागिपरेका हुन् । जसकारण ग्यास आपूर्तिमै चाप परेको हो । व्यवसायीले माग पूरा नभए चैत ५ गतेदेखि देशभर चरणबद्ध आन्दोलन गर्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् । नेपाल पेट्रोलियम डिलर

पेट्रोलियमको मूल्यवृद्धिले सार्वजनिक यातायातमा बेथिति

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको बहानामा सार्वजनिक यातायात केन्द्रीय महासंघले सरकारलाई सातदिने समयसीमा तोक्दै भाडादर बढाउन माग गरेको छ । उक्त समयसीमाभित्र भाडा नबढाइए सार्वजनिक यातायात ठप्प पारेर आन्दोलनमा जाने चेतावनी महासंघले दिएको छ । एकातिर महासंघले आन्दोलनको त्रास देखाउँदै भाडा बढाउन खोजेको छ भने अर्कातिर यातायात व्यवसायीले यात्रुसँग मनपरी रूपमा भाडा असुल्न थालेका छन् । महासंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाडा वृद्धिका लागि सरकारलाई समयसीमा तोकेको हो । यातायात क्षेत्रका समस्याको समाधानका सम्बन्धमा संघीय सरकार र सातओटै प्रदेश सरकारलाई पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको महासंघको भनाइ छ । पछिल्लो समय इन्धनको मूल्य वृद्धि भइरहँदा पनि भाडादर बढाउन सरकारले बेवास्ता गरेको महासंघले बताएको छ । अहिले भइरहेको मूल्यवृद्धिको अनुपातमा हाल कायम भाडादरमा अन्तरप्रदेश र प्रदेशस्तरीय रूटमा न्यूनतम २६ प्रतिशतले वृद्धि गर्न  महासंघले माग गरेको छ । त्यसैगरी ट्याक्सीको हकमा शुरुआती कल ८० रुपैयाँ र प्रतिकिलोमिटर ६० रुपैयाँका दरले बढाउन माग गरिएको छ । आफ्ना माग पूरा गर्न सवारीसाधन बन्द गरेर सरकारलाई आन्दोलनको त्रास देखाउने महासंघले सर्वसाधारण यात्रुवर्गमा त्यसले पर्ने असुविधाबारे  सोचेको देखिँदैन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनासाथ व्यवसायीले यात्रुसँग मनोमानी रूपमा भाडा लिने गरेको गुनासो बढेको छ । केही दिनयता पेट्रोलियम पदार्थको मूल्य बढेसँगै केही यातायात व्यवसायीले न्यूनतम १८ रुपैयाँ भाडा तोकिएको रूटमा २० देखि २५ रुपैयाँ र ३० रुपैयाँ तोकिएको रूटमा ३५ रुपैयाँसम्म भाडा लिने गरेको गुनासो यात्रुहरूको छ । आइतवार कीर्तिपुरदेखि बल्खु आउँदै गरेका रोशन सापकोटासँग सहचालकले २० रुपैयाँ भाडा मागे । तर उनले भाडादर १८ रुपैयाँ होइन भनेर प्रश्न गर्दा चालक र सहचालक दुवैले इन्धनको भाउ बढेकाले २० रुपैयाँ नै तिर्नुपर्ने जिकीर गर्दै त्यति नै असुले । सापकोटाले आफूले रत्नपार्कसम्म यात्रा गर्दा कतिपय सवारीसाधनमा ३० रुपैयाँ तिर्नुपरेको सुनाए । महासंघका महासचिव भरत नेपालले काठमाडौं उपत्यकाभित्र सरकारले न्यूनतम भाडा १८ रुपैयाँ तोकेको बताए । तर सवारीधनीले मनपरी भाडा असुल्दा यात्रुहरू मर्कामा परेका छन् । ‘इन्धनको मूल्यवृद्धि भएसँगै यस्ता गुनासा बढेका छन्,’ उनले भने, ‘त्यस्तो हुन नदिन हाम्रा कामदार तथा कर्मचारीलाई बेलाबेला सचेत गराउने गरेका छौं ।’ व्यवसायीले न्यूनतम भाडा १८ रुपैयाँको सट्टा २० रुपैयाँ लिने गरेको भन्ने विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले लेनदेनमा खुद्रा पैसाको समस्याले धेरैजसो गाडीमा यस्तो भएको हुन सक्ने बताए । तर त्यसभन्दा बढी भाडा लिएको भएमा यात्रु आफैले सम्बन्धित निकायमा उजुरी गरेमा कारबाही गर्न सजिलो हुने उनको भनाइ छ । सरकारले अब वैज्ञानिक भाडादर लागू गरी इन्धनको मूल्य बढ्दा स्वतः भाडादर बढ्ने प्रणालीको विकास गर्नुपर्ने उनको तर्क छ ।

‘सरकारले सात दिनभित्र भाडा नबढाए हामी आफैं बढाउँछौं’

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारलाई सार्वजनिक यातायातको भाडा बढाउन सातदिनको अल्टिमेटम दिएको छ । उक्त समय सीमाभित्र बाडा नबढाए आफैं बढाउने महासंघको चेतावनी छ ।  इन्धनको मूल्यवृद्धि निरन्तर भइरहे पनि सार्वजनिक यातायातको भाडा भने समायोजना नभएको महासंघको भनाइ छ । घाटामा सेवा दिँदा यातायात व्यवसायीले ठूलो आर्थिक नोक्सानी...

ढुवानी भाडा बढाउन ट्रक व्यवसायीले गरे आन्दोलन घोषणा

चितवन : ट्रक व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंँगै ढुवानी भाडा बढाउनुपर्ने माग गर्दै आज रामनगरमा ट्रक रोकेर आन्दोलनको घोषणा गरेका छन्।सरकारले पटक-पटक डिजेलको मूल्य वृद्धि गरेको तर ६ वर्षदेखि ढुवानी भाडा यथावत्‌ रहेकाले ढुवानी भाडा बढाउन व्यवसायीले माग गरेका हुन्।नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत रामनगरमा आज देशभरका ट्रक व्यवसायीहरुले सवारीसाधन रोकेर आन्दोलनसमेत घोषणा गरेका छन्। एक हप्ताभित्र सरकारले ढुवानी भाडा नबढाए देशभरिका ट्रक १० दिन घरमा थन्काएर आन्दोलन गर्न

गाडी भाडा बढाउन नदिए यातायात ठप्प पार्ने व्यावसायीको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडी भाड बढाउन नदिए गाडी नचलाउने चेतावनी दिएको छ । महासंघले मूल्यवृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्नको माग गर्दै बिहीबार ज्ञापन पत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई बुझाइएको ज्ञापन पत्रमा महासंघले चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनी दिएको छ । यस्तै, महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन पनि माग गरेको छ । महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो । प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।