सरकारलाई विप्लव नेकपाको चेतावनी, ‘हातमा दही जमाएर बस्नेवाला छैनौँ’

काठमाण्डाै – ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहितका नेता, कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोमा नेकपाले कडा आपत्ति जनाएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुको साटो पक्राउ पुर्जी जारी भएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सहमति कार्यान्यवयन नभए गम्भीर अवस्था निम्तिन सक्ने चेतावनी दिनुभएकाे हाे । सहमति कार्यान्वयन नभएमा चुप लागेर नबस्ने भन्दै नेकपाले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हाम्रो पार्ट...