प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दिएसँगै सोमबार कर्णाली प्रदेशसभा बैठक बस्न सकेन । एमालेले आफूसँग भएका सहमति कार्यान्वयन नभए संसद चल्न नदिने अडान लिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले ०७८ माघ १८ मा प्रतिपक्षसँग ७ बुँदे सम्झौता गरेका थिए । एमालेले सोही सम्झौता कार्यान्वयन नभएको भन्दै फेरि संसद अवरुद्ध गर्न थालेको हो ।आइबार प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले सरकारलाई सहमति कार्यान्वयनका लागि सचेत गराए । एमालेका सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाइ