काठमार्डौं । कृषिमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयको कृषिसँग सम्बन्धित विभिन्न संघ संस्थाले विरोध गरेको छ । कृषिसँग सम्बन्धित विभिन्न सरोकारवालाले सरकारको त्यो निर्णय स्वदेशी लगानी विरुद्ध रहेको भन्दै त्यसको सामूहिक रुपमा विरोध गरेको छ । डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन, केन्दीय पशुपक्षी पालन सहकारी संघ लिमिटेड र नेपाल मत्स्य व्यवसायी संघले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी त्यसको विरोध गरेका हुन् ।नेपालमा स्थापित कृषि क्षेत्र सक्षम हुदाहुदै स्वदेशी लगानीलाई प्रभाव पार्ने ग