कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको सिफारिस र सरकारी निर्णयको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्रालयमा भएको बैठकले उक्त निर्णय गरेको हो । सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने व्यवस्था कार्यान्वयनका लागि सिफारिस गरेको थियो …