सरकारी निर्णयको खिल्ली उडाउँदै क्यान

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी निर्णयको खिल्ली उडाएको छ। नेपाल सरकारले सोमबार कोभिड–१९ महामारीको दोस्रो लहरलाई मध्यनजर गर्दै दर्शकसहितको खेलकुद बन्द गर्ने निर्णय गरेको थियो। तर क्यानले आजोजना गरेको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा त्यसको कुनै पालना भएको छैन। मलेसिया र नेपालबीचको खेलका लागि कीर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकलाई कुनै बन्देज छैन। हजारौंको संख्यामा दर्शकको उपस्थिति छ।

सम्बन्धित सामग्री

हवाई उडानलाई विवाद होइन, सुरक्षित बनाऊ

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कर्णाली प्रदेशका हिमाली जिल्लासहित सुदूरपश्चिमी क्षेत्रमा वर्षायामका लागि १२ बजेपछि उडान गर्न नपाउने निर्णय फिर्ता लिएबाट तत्कालका लागि यो विवाद साम्य भएको छ । गत साता यी क्षेत्रका विमानस्थलमा मध्याह्न १२ बजेपछि कुनै पनि उडान गर्न नपाउने नियम प्राधिकरणले लागू गरेको थियो । यो निर्णयको विरुद्धमा मुलुकको पूरै पश्चिमी […]

क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन्।क्रिकेट संघ क्यानका अनुसार उनले स्कटल्याण्ड भ्रमण सुरु हुनु अघि नै राजीनामा दिएका थिए। आज पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षकले औपचारिक रुपमा मिडियामा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनको व्यक्तिगत निर्णयको सम्मान गर्दै उनको राजीनामा स्वीकृत गरेको क्यानले जनाएको छ  ।पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । उनले पत्रकार सम्मेलनमा  यो आफ्नो कोचिङ करियरको सबैभन्दा कठिन निर्णय भएको बताएका छन्।उनले भने 'मलाई नेपाल क्रिकेट मन पर्छ र यो चरणमा छाड्दा म निकै भावुक छु । मेरो प्रस्थानको कारण मेरो परिवारको हेरचाह गर्नु हो जब उनीहरूलाई मलाई सबैभन्दा बढी आवश्यक छ। यदि मैले मेरो परिवारको लागि समय दिन सक्दिन भने म पछुताउनेछु। नेपाली टिमलाई शुभकामना । मलाई नेपाली टोलीमा फर्कने मौका दिनुभएकोमा र मेरो क्षमतामा विश्वास गर्दै नेपाल क्रिकेट संघलाई विशेष धन्यवाद । क्यान लाई धेरै धेरै शुभकामना ।'

हवाई कम्पनीद्वारा क्यान निर्णयको विरोध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीले विरोध जनाएका छन् । वायुसेवा सञ्चालक संघले बिहीबार विज्ञप्ति जारी गरी क्यानको उक्त निर्णय आफूहरूलाई अमान्य भएको बताएको छ । क्यानले हवाई कम्पनीहरूलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा रात्रिकालीन सेवासमेत हुने गरी उडान सेवा सञ्चालन गर्न […]