सन्धिखर्कमा एमाले उम्मेदवारको अग्रता

वैशाख- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका कृष्ण श्रेष्ठले अग्रता कायमै राखेका छन् । जारी मतगणनामा सन्धिखर्क नगरपालिका-१ को २ हजार ९० मत गन्दा नेकपा एमालेका नेता श्रेष्ठले १ हजार १ सय ८७ मत प्राप्त गरेका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ता भण्डारीले ७ सय ६३ मत प्राप्त गरेकी छन् । […]

सम्बन्धित सामग्री

दोलखामा माओवादीको अग्रता तोड्दै अघि लाग्यो एमाले

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको अहिले जारी मतगणनामा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका हुन् । सुरुवातदेखि अग्रता लिइरहेका माओवादीका गंगा कार्की पछि परेका छन् ।

सूर्यमान दोङलाई पछि पार्दै एमाले रेशम लामाको अग्रता

काभ्रे क्षेत्र नम्बर १ बाट नेकपा एमाले उम्मेदवार रेशम लामाले अग्रता लिएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता सूर्यमान दोङलाई पछि पार्दै एमाले लामाले अग्रता लिएका हुन । लामाले ११ हजार २१७ मत ल्याउँदा दोङले ८ हजार ७२२ मत मात्रै ल्याएका छन् । लामा र दोङवीच २ हजार ४९५ मत अन्तर छ ।

रुपन्देहीका पाँचमध्ये तीन क्षेत्रमा एमाले–राप्रपा गठबन्धनको अग्रता कायमै

प्रतिनिधिसभा अन्तर्गत रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् भने एउटामा कांग्रेस र अर्को एउटा क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।एमाले–राप्रपा–जसपा गठबन्धन रहेको रुपन्देहीमा पाँच दलीय गठबन्धन भने पछाडि परेको छ । रुपन्देहीको क्षेत्र नं. १ मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता छविलाल विक ५ हजार ३४५ मतसहित अग्रता बनाइरहेका छन् । पाँच

मुस्ताङमा कांग्रेसको अग्रता, एमाले दोस्रो

५ मंसिर, मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । ३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १,६५७ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् । बदर मतको संख्या ४० छ । […]

प्रारम्भिक रुझानमा एमाले अगाडि, कुन पार्टीकाे कहाँ अग्रता ?

सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म मतगणना सुरु भएका ९ वटा निर्वाचन क्षेत्रमध्ये एमाले चारवटा क्षेत्रमा अगाडि देखिएको छ ।

रसुवाका तीन पालिकामा एमाले, दुईमा काँग्रेसको अग्रता

रसुवाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । स्थानीय तह निर्वाचनको शुक्रबार भएको मतदानको जिल्लाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । तीनवटा पालिकामा एमाले र दुईवटामा काँग्रेसको अग्रता छ ।साढे १२ बजेसम्मको तथ्यांकअनुसार उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा एमाले तथा कालिका र नौकुण्ड गाउँपालिकामा काँग्रेसको अग्रता छ । कालिका गाउँपालिकामा अध्यक्षमा १२ सय ५४ मतसहित काँग्रेस अगाडि छ । एमालेको ११ सय ४९ मतसहित दोस्रो र ११ सय ३६ मतसहित माओवादी तेस्रो स्थानमा छ । उपाध्य

लालझाडीकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसकाे अग्रता

कञ्चनपुर : जिल्लाकाे लालझाडी गाउँपालिकामा अध्यक्ष नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।लालझाडी गाउँपालिका वडा नं. ४ को ८ सय मत गणना हुँदा एमालेले अध्यक्षमा ९५६ र उपाध्यक्षमा ८१० मत पाएको छ । कांग्रेसले अध्यक्षमा ८३० र उपाध्यक्षमा १०१२ मत पाएको छ।माओवादी केन्द्रले अध्यक्षमा ६८२ र उपाध्यक्षमा ६६० मत ल्याएको छ। यसैगरी लालझाडी ४ को अध्यक्षमा एमाले १५१ लालझाडी गाउँपालिकामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।

इटहरीको मेयरमा काँग्रेसको अग्रता, उपमेयरमा एमाले अगाडि

सुनसरीको इटहरी उप महानगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिएका छन् । काँग्रेसका उम्मेदवार पौडेलले  ४७६ मतसहित  सुरुवाती अग्रता लिएका हुन् । एमालेका उम्मेदवार याम कुमार चुङ्गवाङ सुब्बाले एमाले ३०९ मतका साथ पौडेललाई पछ्याई राखेको अवस्था छ । उपमेयरमा भने एमाले उम्मेदवार संगीता कुमारी चौधरी ३४९ मतसहित अग्रता लिएकी छिन् ।यस्तै उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशव कुमार विष्‍टले ३१३ मत पाएका छन् ।

विराटनगर महानगरकाे मेयरमा काँग्रेसको अग्रता, उपमेयरमा एमाले अगाडि

मोरङको विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले २६९ मत सहित अग्रता लिएका छन् । कोइरालालाई एमालेका मेयरका उम्मेदवार सागर थापाले १८१ मतका साथ पछ्याइराखको अवस्था छ । उपमेयरमा भने एमाले उम्मेदवार शिल्पा कार्कीले  २२६ मतका साथ अग्रता लिएकी छिन् । सत्ता गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवले १५२सहित पछ्याइराखेका छन् ।

तनहुँका दुई पालिकामा एमाले,  एकमा  माओवादीको अग्रता

स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा(माओवादी) केन्द्रले अग्रता लिएको छ । प्राप्त मतपरिणामअनुसार जिल्लाको म्याग्दे र घिरिङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने बन्दीपुर गाउँपालिकामा माओवादीले अग्रता लिएको छ । नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले ४६८ र नेपाली कांग्रेसका मायादेवी रानाले ३४४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै रत्ना घिमिरेले ३७४ र नेपाली कांग्रेसका