सूर्यमान दोङलाई पछि पार्दै एमाले रेशम लामाको अग्रता

काभ्रे क्षेत्र नम्बर १ बाट नेकपा एमाले उम्मेदवार रेशम लामाले अग्रता लिएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता सूर्यमान दोङलाई पछि पार्दै एमाले लामाले अग्रता लिएका हुन । लामाले ११ हजार २१७ मत ल्याउँदा दोङले ८ हजार ७२२ मत मात्रै ल्याएका छन् । लामा र दोङवीच २ हजार ४९५ मत अन्तर छ ।