प्रारम्भिक रुझानमा एमाले अगाडि, कुन पार्टीकाे कहाँ अग्रता ?

सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म मतगणना सुरु भएका ९ वटा निर्वाचन क्षेत्रमध्ये एमाले चारवटा क्षेत्रमा अगाडि देखिएको छ ।

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई प्रारम्भिक अग्रता

कैलालीः विवादका कारण रोकिएको बाजुराको प्रतिनिधि सभातर्फको मतणना बिहीबार रातिबाट सुरु भएको छ। प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन्। पाण्डेलाई नेकपा (एमाले) का कर्णबहादुर थापाले पछ्याइरहेका छन्।  एक हजार ५७४ मतगणना हुँदा पाण्डेले ८१६ मत पाएका छन्। थापाले ७११ मत पाएका छन्। राप्रपाका जंगकुमार गिरीले ५ मत…

झापामा ओलीको अग्रता

झापा – एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवातमै अग्रता लिएका छन् । प्रारम्भिक मत परिणामअनुसार ६ हजार मत गणना हुँदा ओलीले ३ हजार २ सय १२ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीको १ हजार ५ सय २३ मत आएको छ । प्रारम्भिक मत परिणामअनुसार ओलीले फराकिलो अग्रता बनाएका हुन्।

ललितपुर ३ मा एमालेको अग्रता कायमै, तेस्रोमा झर्‍यो घण्टी

ललितपुर क्षेत्र नम्बर तीनमा एमालेले प्रारम्भिक अग्रता कायमै राखेको छ।  एमाले उम्मेदवार अमृत खड्काले ७ सय १२ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसीमा कार्कीलाई गठबन्धन उम्मेदवार माओवादीकी...

स्थानीय तह मत गणनाः गठबन्धनलाई प्रारम्भिक अग्रता

काठमाडौं,जेठ १। स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले अधिकांश स्थानमा अग्रता लिएका छन्। शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको सुरुआती मतगणनाअनुसार काठमाडौं महानगरबाहेक अन्यमा गठबन्धनका उम्मेदवार अघि छन्। काठमाडौं महानगरपालिकामा भने गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेस नेत्री सिर्जना सिंह र नेकपा एमाले उम्मेदवार केशव स्थापितलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले […]

नेपालगञ्ज उपमहानगरमा कांग्रेसको प्रारम्भिक अग्रता

नेपालगञ्ज, ३१ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार प्रशान्त विष्टले ७९ मत प्राप्त गरी अग्रता लिएका छन् । नेकपा (एमाले)का पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गरेका हुन् । नगर उपप्रमुखमा जनता […]

ललितपुर महानगरपालिकामा काँग्रेसको सुरुवाती अग्रता

ललितपुर महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नेपाली काँग्रेसले अग्रता बनाएको छ।  काँग्रेसबाट मेयरका उम्मेदवार रहेका चिरिबाबु महर्जनले ५० मत गन्दा २८ मतका साथ अग्रता बनाएका  हुन् । यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् । ललितपुरमा सत्ता गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।

केपी ओलीको गृहनगरमा एमालेको अग्रता

३१ वैशाख, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले उम्मेदवारले अग्रता लिएको छ । प्रारम्भिक नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले १३९ मत सहित अग्रता लिएकी छन् । गठबन्धनका उम्मेद्वार राम थापाले १२० मत पाएका छन् । मत गणना दमक–१ बाट शुरु भएको छ । उपमेयरमा भने गठबन्धनको अग्रता छ […]

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

काठमाडाैं : कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो। वडा नं १ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि प्रारम्भिक नेतृत्व लिएको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए।उपप्रमुखमा नेकपा (एमाले)का शान्ता थापाले नेतृत्व लिएको पनि उनले बताए। नगरपालिकामा कांग्रेस नेकपा (माओवादी केन्द्र)को गठबन्धन चुनाव लडेको थियो । एमाल