सुनसरीको इटहरी उप महानगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिएका छन् । काँग्रेसका उम्मेदवार पौडेलले ४७६ मतसहित सुरुवाती अग्रता लिएका हुन् । एमालेका उम्मेदवार याम कुमार चुङ्गवाङ सुब्बाले एमाले ३०९ मतका साथ पौडेललाई पछ्याई राखेको अवस्था छ । उपमेयरमा भने एमाले उम्मेदवार संगीता कुमारी चौधरी ३४९ मतसहित अग्रता लिएकी छिन् ।यस्तै उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशव कुमार विष्टले ३१३ मत पाएका छन् ।