विराटनगर महानगरकाे मेयरमा काँग्रेसको अग्रता, उपमेयरमा एमाले अगाडि

मोरङको विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले २६९ मत सहित अग्रता लिएका छन् । कोइरालालाई एमालेका मेयरका उम्मेदवार सागर थापाले १८१ मतका साथ पछ्याइराखको अवस्था छ । उपमेयरमा भने एमाले उम्मेदवार शिल्पा कार्कीले  २२६ मतका साथ अग्रता लिएकी छिन् । सत्ता गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवले १५२सहित पछ्याइराखेका छन् । 

सम्बन्धित सामग्री

विराटनगर कार्यपालिकामा नेकपा एमाले र स्वतन्त्र उम्मेदवार निर्वाचित

विराटनगर- विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन्। ९७ मतदाता सदस्य मध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका हुन्। कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छन्। अल्पसंख्यकमा […]

विराटनगर महानगरपालिकाः कांग्रेसको गढ भत्काउँदै एमाले

विराटनगर १६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उद्धव भुजेल निर्वाचित भएका हुन्। यस्तै ३ वटा वडामा एमाले विजयी भएको छ। विराटनगरको १९ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेका उमेदवार श्याम घिमिरे निर्वाचित भएका छन्। यस्तै वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्ष...

विराटनगर महानगरका ६ वडाको मतगणना सम्पन्न, तीनमा एमाले विजयी

विराटनगर : १९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा ६ वडाको मत गणना सम्पन्न भएको छ। मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विराटनगरमा मंगलबार विहानसम्म ६ वडाको मत गणना सम्पन्न भएको हो।मुख्य निर्वाचन कार्यालयले  सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार विराटनगरमा एमाले तीन, काँग्रेस, जसपा र स्वतन्त्र उम्मेदवारले १÷१ वडामा वडाअध्यक्ष जितेका छन्।मंगलबार विहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार विराटनगर १ को वडाअध्यक्षमा एमालेका जितबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन्।

विराटनगर ब्रिफिङ : गठबन्धनमा त्रास, एमालेलाई आश

२ जेठ, विराटनगर । विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनको बलियो मानिएको चार वटा वडाको नतिजा सार्वजनिक हुँदा मिश्रित नजिता आएको छ । सत्ता गठबन्धले दुई, एमाले र स्वतन्त्र उम्मेदवारले १–१ वडाध्यक्ष जितेका छन् । मेयरमा गठबन्धन र उपमेयरमा नेकपा एमाले उम्मेदवारको अग्रता छ । वडा नम्बर १६ मा कांग्रेस, १७ मा जसपा, १८ मा स्वतन्त्र र […]

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसको अग्रता

३२ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश काेइरालाले अग्रता लिएका छन् । १५० मत गणना हुँदा कोइरालाले ५५, एमाले उम्मेदवार सागर थापाले २२, स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत पाएका छन् । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ३०, जसपा उम्मेदवार अमरेन्द्र यादवले २५ र स्वतन्त्र उम्मेदवार नमिता न्याैपानेले १२ मत ल्याएकी […]

एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै

काठमाडौं, कार्तिक २२ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाने भएका छन्। विराटनगरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन् । करिव पाँच हजारको हाराहारीमा कार्यकर्ता सहभागी हुने उक्त चियापान कार्यक्रममा प्रदेश र केन्द्रका नेताहरूकोसमेत उपस्थिति रहने छ । आली चियापान काक्रममा सहभागी भएर आजै अपराह्न काठमाडौं […]

चियापानका लागि एमाले अध्यक्ष ओली विराटनगर आउँदै

मोरङ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विराटनगर आउने भएका छन्। एमालेको महानगर कमिटीका अनुसार सोमबार दिउँसो विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली विराटनगर आउन लागेका हुन्। अध्यक्ष ओली सहभागी रहने कार्यक्रममा करिब ५ हजार संख्यामा कार्यकर्ता सहभागी हुने महानगर कमिटीका सचिव रोहित कोइरालाले बताए। सचिव कोइरालाले कार्यक्रममा प्रमुख […]

एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै छन्। नेकपा एमाले जिल्ला कमिटी मोरङको आयोजनामा हुने शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमका लागि अध्यक्ष ओली विराटनगर जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।एमाले मोरङ अध्यक्ष ऋषि पोखरेलले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए। अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

एमाले विराटनगर कमिटीको अध्यक्षमा थापा निर्विरोध

११ कात्तिक, विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटी अध्यक्षमा सागर थापा चयन भएका छन् । नगर अध्यक्षका दाबेदार पर्शुराम बस्नेतले दाबी छाडेपछि उनी पुन: निर्विरोध निर्वाचित भएका हुन् । नगरकमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिव रोहित कोइराला,सह-सचिव नवराज नेपाल र जयप्रकाश महतो पनि निर्विरोध  निर्वाचित भएका छन् । मंगलबार विराटनगरमा प्रथम अधिवेशन भएको थियो । […]