रिलायबल नेपाल लाइफको आईपीओ बुधवार बाँडफाँट हुने, कति जनाले पाउँछन शेयर ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भोलि अर्थात बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार आईपीओ भोलि ५ ः३० बजे बाँडफाँट हुने जानकारी दिएको हो ।  कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा  १४ लाख ७७ हजार ८७७ आवेदकबाट ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको थियो । यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.८२ गुणा बढी हुन आउँछ । यस आधारमा भाग्यमानि ९ लाख ६० हजार जना आवेदकले १० /१० कित्ताका दरले शेयर पाउनेछन् ।  कम्पनीले साउन २३ गते देखि २६ गते सम्म आईपीओ विक्री खुला गरेको थियो । सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको हो । कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै विक्री गरेको हो । त्यस्तै यीबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याएको हो ।   

सम्बन्धित सामग्री

रिलायबल लाइफले गर्‍यो एक करोड दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना एक बिमितलाई एक करोड दुई लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । दुई वर्षअघि ५० लाख रुपैयाँबराबरको बिमालेख खरिद गरेका प्रदीप ज्ञवालीको दुर्घटनामा मृत्यु भएपछि...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओले कति पाउला ओपन रेञ्ज ?

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. १६२ दशमलव २९ देखि ४८६ दशमलव ८७ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव २९ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ साउन ३१ गते बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू. २५७ मा कुल १ करोड २० लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।  कुल कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरिएको थियो ।

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओ आज बाँडफाँट हुने

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको आइपीयो आज साउन ३१ गते बुधबार साँझ ५.३० बजे सिटिसी मल सुन्धारा, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ। यस कम्पनीको आइपीओमा मागभन्दा १.८२ गुणा बढी आवेदन परेको छ। यसकारण गोलाप्रथाबाट आइपीओ बाँडफाँट […]

रिलायबल नेपाल लाइफको आईपीओ बिक्री खुला

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मंगलबारदेखि प्रिमियममा आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा सेयर निष्कासन गरेको हो । कम्पनीले जारी […]

२३ साउनदेखि आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

१५ साउन, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले […]

रिलायबल नेपाल लाइफलाई ‘ट्रिपल बी प्लस’ रेटिङ

साधारण सेयर निष्काशनको लागि तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले केयर रेटिङबाट ‘केयरएनपी ट्रिपल बी प्लस’ रेटिङ पाएको छ।  ट्रिपल बी प्लस रेटिङ पाउनुको अर्थ कम्पनी वित्तीय दायित्व निर्वाह गर्न सक्षम...

नवलपरासीको अरुणखोलामा रिलायबल नेपाल लाइफको शाखा विस्तार

काठमाडौं, १८ भदौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा आफ्नो स्थापनाको चौथो वर्षको अवसर पारी नयाँ शाखा विस्तार गरेको हो । नयाँ शाखाको उद्धघाटन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक राजेन्द्र पौडेलले गरेका हुन् । कार्यक्रममा संस्थाका क्षेत्रीय प्रवन्धक पौडेलले रिलायबल नेपाल लाइफ […]

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा असार ४ गते

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असार ४ गते साधारणसभा बोलाएको छ । हालको विषम परिस्थतिलाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने जनाएको छ । सभाले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । […]

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारणसभा असार ४ गते गर्ने भएको छ । सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । त्यस्तै सभाले सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र आव २०७५/०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।हाल कम्पनीको […]

रिलायबल लाइफले भुक्तानी गर्‍यो ४ करोड रुपैयाँ मृत्यु दावी रकम

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी रकमवापत ४ करोड रुपैयाँ भुक्तानी गरेको छ।