सन नेपाल लाइफको आईपीओ बिहीवारदेखि सर्वसाधारणमा निष्कासन हुने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि भोलि (बिहीवार)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ७६ लाख ८० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।  यीबाहेक ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । कर्मचारीहरूका लागि भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी कम्पनीले दिएको छ । सर्वसाधारणले कम्पनीको आईपीओ खरीदका लागि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने भदौ १४ गतेसम्म विक्री अवधि थप हुने कम्पनीको भनाइ छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्न सक्षम रहेको औसत स्तरको सुरक्षित रहेको संकेत केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ असोज ६ गतेदेखि सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । यो कम्पनी नाफामै छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८१ करोड १० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।

सम्बन्धित सामग्री

१० मंसिरदेखि आईपीओ निष्कासन गर्दै नेपाल वेयरहाउजिङ कम्पनी

१ मंसिर, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले १० मंसिरदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ […]

२८ भदौदेखि आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर

१९ भदौ, काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले २८ भदौदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने भएको हो । […]

घोराही सिमेन्टले आईपीओ निष्कासन गर्ने

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले यही जेठ ३२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका […]

म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ३० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ । आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा […]

३१ साउनदेखि आईपीओ निष्कासन गर्दै पिपुल्स हाइड्रोपावर

२२ साउन काठमाडौं । पिपुल्स पावर लिमिटेडले ३१ साउनदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण […]

थप २ कम्पनीले आईपीओ निष्कासन गर्दै

काठमाडौँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासनकाे लहर चलिरहँदा थप यी दुई कम्पनीले बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएका हुन्। खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति […]

अभियान लघुवित्तले आईपीओ निष्कासन गर्दै

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँ बराबरका नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् […]

कान्तिपुर टेलिभिजनले आईपीओ निष्कासन गर्ने

कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।टेलिभिजन २०औं बार्षिक उत्सवका अवसरमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आइपीओ निष्कासन निष्कासन गर्ने बताएका छन् ।कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले सात करोड ५० लाख रुपैयाँको ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आइपीओ निष्कासनका लागि कम्पनीले सानिमा […]

साहस ऊर्जाको ७० लाख आईपीओ निष्कासन हुँदै

साहस ऊर्जा लिमिटेडको ७० लाख कित्ता आईपीओ निष्कासन हुने भएको छ । कम्पनीले ६ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरका ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

रिलायबल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

काठमाडौं, २० साउन । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित गरी प्रतिकित्ता २१२ रुपैयाँ तोकेर आईपीओ निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बोर्डमा साउन १२ […]