सानिमा लाइफको आईपीओ शनिबार बाँडफाँट हुने

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर भोलि शनिबार बाँडफाँट हुने भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि शनिबार सानिमा लाइफको दरमार्गस्थित कार्यालयमा बिहान ११:०० बजेदेखि बाँडफाँट हुने भएको हो ।

सम्बन्धित सामग्री

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट

३ कात्तिक काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १८ देखि २२ असोजसम्म सर्वसाधारणका लागि १२ करोड ४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० […]

माथिल्लो मैलुङ खोलाको आईपीओ शुक्रवार बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ कात्तिक ३ गते बाँडफाँट हुने भएको छ ।  विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आईपीओ आगामी शुक्रवार बाँडफाँट हुने भएको हो ।  कम्पनीको आईपीओ अन्तिम दिनसम्ममा १२ लाख ४९ हजार १०७ जना आवेदकले १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १० दशमलव ८० गुणा बढी आवेदन हो, जसमध्ये १ लाख २८ हजार ४२० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।  कम्पनीले असोज १८ देखि २२ गतेसम्म १२ लाख ८४ हजार २ सय कित्ता साधारण शेयर निष्कासन गरेको थियो । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट

८ चैत, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि नियुक्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल बुधबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २६ फागुनदेखि ३० फागुनसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर […]

सानिमा मिडिल तमोरको आईपीओ बुधवार बाँडफाँट हुने, कति जनाले कति पाउँछन् शेयर ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आगामी बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधवार बिहान १० बजे क्यापिटलको कार्यालयमा बाँडफाँट हुनेछ ।  कम्पनीको आईपीओमा १४ लाख १२ हजार १३ जनाले १ करोड ६२ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन्, जसमा ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गर्ने छन् भने बाँकी ८ कित्ता शेयर आठ जनाले ११ कित्ताका दरले पाउनेछन् ।  कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो, जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  कम्पनीले ताप्लेजुङमा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यही आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गरेको हो । यस आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ छ ।

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख ७४ हजारले पाए सेयर

सुपर मादी हाइड्रोपावरको प्राथमिक सेयर निष्कासन (आईपीओ) सोमबार बाँडफाँट भएको छ । हाइड्रोपावरको धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

श्वेत गंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं  : श्वेत गंगा हाइड्रोपावरको  प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत २ लाख २७ हजार २ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। यो आईपीओमा १५ लाख ४३ हजार ९५४ जनाले आवेदन दिएकामा ४ हजार ४४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ। श्वेत गंगाले साउन ४ गतेबाट ८ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आईपीओ बिक्री खुला गरेक

बिन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं, ५ असार (कास): बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीले २० देखि २५ जेठसम्म निष्कासन तथा बिक्री गरेको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलमा बाँडफाँट भएको हो । कम्पनीले योग्य आवेदकलाई १० कित्ताको दरले बाँडफाँट गरेको छ ।कम्पनीले बिक्री खुलाएको पाँच दिनसम्म उक्त आईपीओ १७ लाख ९१ हजार ८९५ जनाको आवेदन परेको थियो […]

बिन्ध्यबासिनी हाइड्रोपावरले स्थानीयमा जारी गरेको आईपीओ बाँडफाँट

जेठ १२, काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले  आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।  कम्पनीले आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर वैशाख ११ गतेदेखि २७ गतेसम्म विक्री गरेको थियो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता र ३ लाख कित्ता शेयर लमजुङ जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि विक्री गरेको थियो ।  तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई सम्पूर्ण कित्ता शेयर जेठ ११ गते बाँडफाँट भएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  जारी पूँजी रू. १ अर्ब रहेको यस कम्पनीको हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा जारी पूँजीको १० प्रतिशत आईपीओ वितरण गरेको हो ।  आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट पछि अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको १५ प्रतिशत शेयर विक्री गर्नेछ । कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्ममा वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ३४ रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी भने रू. ९ दशमलव ६८ छ ।  कम्पनीले कास्की जिल्लामा ८ दशमलव ८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत् आयोजना र ६ दशमलव ६ मेगावाट क्षमताको रुदि खोला बि जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।  रुदि खोला ए जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बि जलविद्युत् आयोजनाको निर्माण लागत रू. १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ ।

सानिमा लाइफको आईपीओ डिम्याट खातामा, कतिमा होला ओपनिङ रेञ्ज ?

भदौ १४, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा सोमवारदेखि जम्मा भएको छ । कम्पनीको आईपीओ एसएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो ।धितोपत्रको दोस्रो बजारमा सूचीकरण प्रक्रियामा रहेको उक्त कम्पनीको दोस्रो बजारमा यसैसाता नेपाल स्टक एक्सचेञ्ज(नेप्से) सँग सम्झौता भएपछि कारोबार शुरु  हुनेछ ।नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताले लगानीकर्ताले कारोबार गर्न सक्नेछन्  ।  कम्पनीको आईपीओले पहिलो कारोबारको लागि १०३ रुपैयाँ १७ पैसादेखि ३०९ रुपैयाँ ५१ पैसा मूल्य रेञ्ज पाउने देखिएको छ ।नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । कम्पनीको आईपीओ साउन ३० गते बाँडफाँट सम्पन्न भएको थियो । कम्पनीले गत साउन २० गतदेखि साउन २४ गतेसम्म ६० लाख कित्ता आईपीओ  विक्री गरेको थियो ।

सानिमा लाइफको आईपीओ बाँडफाँट, साढे १७ लाखले पाएनन्

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँट भएको छ । आज गरिएको बाँडफाँटमा कम्पनीको साधारण शेयरमा आवेदन दिएका योग्य आवेदकमध्ये ५ लाख ४० हजारले मात्र शेयर पाए ।