एसईईपछि स्वास्थ्यतर्फ के-के विषय पढ्न पाइन्छ ?

सिटिइभिटीका अनुसार एसईईपछि स्वास्थ्य तर्फ नर्सिङ, फार्मेसी, हेल्थ साइन्स (एच ए), ल्याब, रेडियोग्राफी, अफ्थाल्मिक साइन्स, आम्ची साइन्स, आयुर्वेद र सामान्य चिकित्सा, एक्यूपंक्चर, एक्यूप्रेसर र मोक्सिबस्टन, फिजियोथेरापी, होमियोप्याथी, डेन्टल हाइजिनिस्ट, डेन्टल ल्याब, आयुर्वेदा फार्मेसी, मिडवाइफरी र योग तथा प्राकृतिक चिकित्साका विषयमा पढाइ हुन्छ।

सम्बन्धित सामग्री

एसइईपछिको विषय छनोट

एसइईको परीक्षाको नतिजापछि विद्यार्थीहरूमा कुन विषय पढ्ने भन्ने चिन्ता र अन्योल उत्पन्न हुन्छ । पढ्ने विषय छनोटमा विद्यार्थीहरूलाई मात्र तनाव हुँदैन, अभिभावकहरूलाई समेत हुने गर्दछ । ‘के विषय पढ्ने’, ‘कुन विषय पढेमा के हुन्छ’, ‘कक्षा ११ मा कुन विषय पढेमा उच्च शिक्षामा कुन विषय पढ्न पाइन्छ’ भन्ने जिज्ञासा विद्यार्थीका मनमा उत्पन्न हुने गर्छ । यो […]

धरासायी बन्दै मधेसको शिक्षा

मधेसका उत्कृष्ट विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि पहिलो रोजाइको विषय ‘विज्ञान’ र स्थान काठमाडौंका कलेज हो। परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा पहिलो सोच डाक्टर बन्ने/बनाउने रहेको पाइन्छ।...

एसईईपछि स्वास्थ्यका के-के विषय पढ्न पाइन्छ? कति लाग्छ खर्च?

एसईईपछि प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका कलेजहरुमा स्वास्थ्यका के-के विषय पढ्न पाइन्छ? कुन विषय पढ्न कति खर्च लाग्छ? स्वास्थ्यखबरले यी विषयमा सिटिइभिटीका कर्मचारीसँग बुझेको छ।

निर्वाचन आयोगले मतपत्रको रङ फेरेको विषय मुद्दा हाल्नुपर्ने विषय हो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धनबाहेकका कुनैपनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आयोगले काँग्रेसको कुरा मात्रै सुनेर निर्वाचन मतपत्रको रङ परिवर्तन गरेकोले यो मुद्दा हाल्नुपर्ने विषय भएको बताए ।  अध्यक्ष ओलीले मतपत्रको रङ फेर्ने कुरा स्वच्छ नभएको भन्दै रातो सूर्यलाई पनि हरियो बनाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले निर्वाचन आयोगलाई पहिला आफूले गरेको आचारसंहीताको आफै कार्यान्वयन गर्न पनि सुझाव दिए । ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा दिएको धम्कीका कारण प्रधानमन्त्री शेरबहादुर देउवा डराएर रेणु दाहाललाई आफैले भरतपुरको मेयरमा उठाएको भन्ने भाषण गरेको पनि आरोप लगाए । उनले ठूला नेताहरुले आचारसंहीता मिच्दा आयोग आँखामा पट्टी लगाएर बसेको भन्दै यस्ता कुरामा नमुछिन आयोगलाई आग्रह गरे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन आयोगले  गठबन्धनका राजनीतिक दलहरुसँग बाहेक अरुसँग परामर्श गरेन । गठबन्धनसँग परामर्श गरेर अरुले पनि मान्नुपर्ने आचारसंहीता ल्यायो । अरु दलले हामीलाई त छलफल गराइएन भन्दा हस्ताक्षर गरे गर्नुहोस् नगरे नगर्नुहोस् तर नियम यही लागू हून्छ भन्यो । त्यसपछि हाम्रो दलले त्यहाँ हस्ताक्षर गर्नुपर्ने आवश्यक्ता सहमति जनाउनुपर्ने आवश्यक्ता रहेन । त्यसकारण हामीले हस्ताक्षर गरेनौँ ।' उनले अगाडि भने, 'नेपालमा राजनीतिक दल भनेको काँग्रेस मात्रै हो ? रङ फेर्न पर्छ भने अरु राजनीतिक दललाई बोलाउनु पर्दैन ? यो मुद्दा हाल्नुपर्ने विषय हो र यसलाई बदर गर्नुपर्ने विषय हो । यो स्वच्छ ढंगले आएन । रातो सूर्य पनि हरियो हुने, हरियो रुखलाई हरियो पार्नका लागि रातो सूर्य पनि हरियो बनाउने यो कुनै न्यायको कुरा होइन ।' अध्यक्ष ओलीले विष बमन गर्ने काम गठबन्धनको भएको पनि बताए । उनले जनतालाई भयरहीत  वातावरणमा चुनावमा सहभागी गराउनु पर्ने भएपनि जनतालाई त्रास र धम्की दिइरहेकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।  उनले केहीदिनअघि एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले रेणु दाहालले चुनाव नजिते देश दुर्घटनातिर जानसक्ने भन्दै दिएको अभिव्यक्ति दिन पाइन्छ कि पाइँदैन भन्ने प्रश्न समेत गरे । उनले प्रचण्डले दिएको अभिव्यक्ति आचारसंहीता विपरित भएको र यो अराजनीतिक वक्तव्य भएको तर्क गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेमा गठबन्धन हप्ता दिनमा भत्काउन सक्ने दाबी गर्दै अहिलेको गठबन्धनका दलहरुलाई जता धेरै दुध दिन्छ त्यतै पल्किने बिरालोको संज्ञा दिए । अध्यक्ष ओलीले भने, ‘गठबन्धनको एउटा हर्ताकर्ता मैहुँ भन्ने नेताले जनतालाई लल्कालेर, धम्क्याएर, होइन भने दुर्घटनामा देश जान्छ भनेर तर्साएर बसेका छन् । यसरी तर्साएर भोट मागन पाइन्छ ? निर्वाचनका बेला त्रासको वातावरण सिर्जना गर्नु आचारसंहीता विपरित हो कि होइन ? धम्क्याउँदै प्रचण्डले हँसिया हतौडामा छाप लगाइन्न भन्ने हो भने दुर्घटना हुन्छ भनेका छन् । भोट दिएन भने चाँखौला, पखौला भन्ने ? यो अत्यन्तै गलत हानिकारक कुरा हो । आचारसंहीता विपरित कुरा हो । अराजनीतिक कुरा हो ।’

एमालेले किन सामान्यीकरण गर्दैछ यौन दुराचारको विषय ?

नेपालमा यौन हिंसा र यौन दुराचारका घटना बारम्बार सुनिन्छन्। बहालवाला सभामुख कृष्णबहादुर महरादेखि पूर्वमन्त्री मोदनाथ प्रश्रितसम्मको नाम यसमा मुछिएको भए पनि ‘ठूलाबाट भएका’ले यस्ता मुद्दालाई सामान्यीकरण गर्न सिंगो दल नै लाग्ने गरेको पाइन्छ। नायक पल शाहको मुद्दा अहिले अदालतमा छ। दुई महिलाबाट यौन दुराचारको आरोप लगाइएका केशव स्थापितलाई नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनाएपछि […]

काठमाडौंमा सस्ता फर्निचर : कति मूल्यसम्ममा पाइन्छ ?

९ फागुन, काठमाडौं । नयाँ घर वा डेरा सर्ने बेलामा सबैभन्दा टाउको दुखाइको विषय बन्छ फर्निचरको व्यवस्थापन । कस्तो फर्निचर राम्रो होला ? अक्सर हामी यसको जवाफ मूल्यसँग जोडेर हेर्छौं । महंगो फर्निचर नै राम्रो हुन्छ भन्ने हाम्रो मान्यता छ । तर बजारमा सस्तो मूल्यमा फर्निचर बेच्नेहरुले पनि महँगो हुँदैमा बलियो हुने र सस्तो हुँदैमा […]

माओवादी बौरिन छलफल गर्नै पर्ने केही विषय

अहिले नेपालको राजनीतिमा महाधिवेशन र सम्मेलनको मौसम जस्तो नै चलेको छ। राष्ट्रिय उत्सवहरूमा खासगरी विचारको मन्थनभन्दा पनि नेतृत्व चयन तथा अनुमोदनमा केन्द्रित भएको पाइन्छ। निकट भविष्यमा हुन गइरहेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अन्य पार्टीको जस्तै निरन्तरतामा सीमित रहन्छ वा केही वैचारिक बहसको लागि फोरम खुल्ला गर्दछ वा नयाँ विचार संश्लेषणतिर आफूलाई अगाडि बढाउँछ, त्यो […]

चर्चामा चुलिएका सदाबहार विषय

लोकतन्त्र राजनीतिक व्यवस्थाको उत्कृष्ट अभ्यास हो । विश्वजगत्का केही मुलुक छाडेर अधिकांश विकसित देशमा लोकतन्त्रको अभ्यास रहेको पाइन्छ । नेपालमा राणाकाल, पञ्चायती व्यवस्था अथवा निरंकुश राजनीतिक व्यवस्थाबाट देशको विकास भएन भनेर हाम्रा अगुवाले प्रजातन्त्रका लागि जेलनेल सहे । संघर्ष गरे । राजनीतिक व्यवस्था बदल्न जनतालाई सडकमा उतारे । उनीहरूको त्याग र बलिदानको कदर गर्दै नेपाली […] The post चर्चामा चुलिएका सदाबहार विषय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ऊहापोहबीच सकिँदै ओलम्पिक

कुनै पनि देशमा विश्वकै ठूलो मेला आयोजना हुनु त्यहाँका जनताका लागि गौरवको विषय बन्ने गर्दछ। विरलै मात्र यस्ता आयोजना देशभित्र गर्न पाइन्छ भन्ने महसुस गरेर उनीहरूले उत्सव नै मनाउने गर्छन्।...

ऊहापोहबीच सकिँदै ओलम्पिक

कुनै पनि देशमा विश्वकै ठूलो मेला आयोजना हुनु त्यहाँका जनताका लागि गौरवको विषय बन्ने गर्दछ। विरलै मात्र यस्ता आयोजना देशभित्र गर्न पाइन्छ भन्ने महसुस गरेर उनीहरूले उत्सव नै मनाउने गर्छन्।...