धरासायी बन्दै मधेसको शिक्षा

मधेसका उत्कृष्ट विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि पहिलो रोजाइको विषय ‘विज्ञान’ र स्थान काठमाडौंका कलेज हो। परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा पहिलो सोच डाक्टर बन्ने/बनाउने रहेको पाइन्छ।...

सम्बन्धित सामग्री

व्याज बढाउँदा धरासायी बन्दै व्यवसाय

बैंकले व्याजदर बढाउँदा जिल्लामा रहेका व्यावसायिक क्षेत्र धरासायी बन्दै गएका छन् ।

बैंकले ब्याज बढाउँदा धरासायी बन्दै व्यवसाय

काठमाडाैँ । बैंकले व्याजदर बढाउँदा जिल्लामा रहेका व्यावसायिक क्षेत्र धरासायी बन्दै गएका छन् । कोभिडका कारण थलिएका व्यावसायिक क्षेत्र अहिले बैंकका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । दुई वर्षअघि कम्तीमा सात प्रतिशतदेखि बढीमा १२ प्रतिशतसम्म व्यावसायिक क्षेत्रको व्याजदर रहेकामा अहिले यो बढेर १२ देखि १७ प्रतिशतसम्म पुगेको छ । यसले गर्दा व्यवसायी पलायन […]

‘आर्थिक तरलताका कारण उद्योग धरासायी हुने अवस्थामा’

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक तरलताका कारण नेपालका उद्योग धरासायी बन्दै गएको बताएका छन् । चितवन उद्योग सङ्घको ३१औँ साधारणसभामा उनले आर्थिक तरलता र उच्च ब्याजदरका कारण उद्योगीहरू पलायन बन्ने अवस्थामा पुगेको बताएका हुन् ।उनले भने, “विगत तीन वर्षदेखिको तरलता र अहिले भएको ब्याजदर वृद्धिले उद्योगी पलायन हुने स्थिति आएको छ, त्यसले गर्दा नेपालका उद्योग धरासायी बन्दै गएका छन् ।” सात प्रतिशतमा रहेको ब्याजदर अहिले बढेर १४ प्रतिशतमा पुगेको जनाउँदै उनले यस विषयमा सर

सरकारका कारण देशको अर्थतन्त्र धरासायी : पूर्व अर्थमन्त्री पौडल

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकारले अंगिकार गरेका गलत नीति एवं उसको सत्ता सञ्चालन गर्ने नालायकिपनका कारण देशको अर्थतन्त्र धरासायी बन्दै गएको बताउनुभएको छ । पौडेलले मुलुकमा देखिएको आर्थिक संकटलाई नियन्त्रणमा लिएर निजी क्षेत्रले भोगेका समस्याहरुलाई समाधान गरि सही बाटोमा लैजाने क्षमता वर्तमान सरकार र […]

धरासायी बन्दै श्रीलंकाको अर्थतन्त्र, रित्तिन थाल्यो ढुकुटी

२२ पुस, काठमाडौं । दक्षिण एसियाली मुलुक श्रीलंकाले बढ्दो आर्थिक एवं मावनीय संकट सामना गरिरहेको छ । हालसम्मकै उच्च बिन्दुमा पुगेको मुद्रास्फीति, खाद्यान्नको मूल्य र रित्तिँदो सरकारी ढुकुटीबाट यो वर्ष श्रीलंका टाट पल्टिन सक्ने सम्भावना बढेको छ । गोटाबाया राजापाक्षेको नेतृत्वमा रहेको सरकारले सामना गरिरहेको आर्थिक संकटका पछाडि कोभिड महामारी र पर्यटन क्षेत्रमा लगत्तै परेको […]

धरासायी बन्दै ‘कान्तिपुर यातायात’

दुईवटा रुटमध्ये एउटा रुट काठमाडौँको बल्खु–कलङ्की–नयाँबसपार्क–महाराजगञ्ज चोक हुँदै रत्नपार्कसम्म र अर्को रुट नयाँ बसपार्कदेखि महाराजगञ्ज–पुरानो बसपार्क–नयाँ बानेश्वर–एयरपोर्ट–चाबहिल हुँदै नयाँ बसपार्कसम्म आवतजावत गर्दै आएको कान्तिपुर यातायात यति बेला धरासा...

निरन्तरको नोक्सानीले आयल निगमको वित्तीय अवस्था धरासायी बन्दै

असोज १६, काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन विक्रीबाट १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ ।             आईओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९ दशमलव १८ रुपैयाँ, डिजेलमा १२० दशमलव शून्य १ रुपैयाँ, मट्टितेलमा ९३ दशमलव ९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४ दशमलव शून्य ७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६ दशमलव ४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १ हजार ९६१ दशमलव ८८ रुपैयाँ लागत पर्ने देखिएको छ ।             निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको १३० रुपैयाँ, डिजेल र मट्टितेलको ११३ रुपैयाँ, आन्तरिक हवाई इन्धनको ८६ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ४५० रुपैयाँ तोकिएको छ । उल्लेखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९ दशमलव १८ रुपैयाँ नोक्सान, डिजेलमा ७ दशमलव शून्य १ रुपैयाँ नोक्सान, मट्टितेलमा १९ दशमलव ५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १ दशमलव ९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५ दशमलव १० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११ दशमलव ८८ रुपैयाँ नोक्सानको अवस्था छ ।             निगमलाई नाफा भएका मट्टितेल तथा हवाई इन्धनको माग तुलनात्मकरुपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यताधिक भएका कारण यही मूल्यमा विक्री गर्दा निगमलाई १५ दिनमा मात्रै १ अर्ब ५० करोड ७३ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।            बढ्दै नोक्सानी             प्रवक्ता उपाध्यायका अनुसार अन्तरराष्ट्रिय बजारमा पछिल्लो समय फेरि मूल्य बढ्न थालेको छ । अहिले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसले निगमको घाटा वृद्धिमा भूमिका खेलेको छ । निगमले गत भदौ ७ गते पछिल्लोपटक मूल्य समायोजन गर्दा अन्तरराष्ट्रिय बजारको मूल्य केही घटेको थियो । अन्तरराष्ट्रिय बजार मूल्य घटे पनि निगमको लागत मूल्यभन्दा कम नभएपछि निगमले मूल्य बढाएको थियो ।             अन्तरराष्ट्रिय बजारमा घट्दा पनि नेपाली बजारको मूल्य बढेको भन्दै त्यतिबेला निगमको आलोचना भएको थियो । यद्यपि त्यो समायोजनले निगमको नोक्सान पाक्षिक ८४ करोड रुपैयाँको हाराहारीमा झारेको थियो । तर, आईओसीले त्यसपछि दुई पटक मूल्य बढाएर मूल्यसूची पठाएको छ । सेप्टेम्बर १ तारिख र अक्टोबर १ तारिखका दिन पठाएको मूल्यसूचीका आधारमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ । सबैभन्दा बढी मूल्यवृद्धि डिजेलमा भएको छ । डिजेलमा प्रतिलिटर ७ दशमलव १४ रुपैयाँ मूल्य बढ्दा हवाई इन्धनमा प्रतिलिटर ६ दशमलव ९७ रुपैयाँ, पेट्रोलमा ४ दशमलव शून्य ९ रुपैयाँ र मट्टितेलमा ३ दशमलव ५६ रुपैयाँ मूल्य बढेर आएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ दशमलव ६९ रुपैयाँले बढेको निगमले बताएको छ ।             सेप्टेम्बर १६ तारिखका दिन प्राप्त भएको मूल्यसूचीमा सेप्टेम्बर १ तारिखको भन्दा मूल्य बढेर आएको थियो । त्यो मूल्यका आधारमा निगमले १५ दिनमा १ अर्ब पाँच करोड रुपैयाँ नोक्सानीको प्रक्षेपण गरेको थियो । यद्यपि त्यसपटक निगमले मूल्य समायोजन गरेन । अहिले बढेर आएको मूल्यका आधारमा निगमको नोक्सान बढेर १ अर्ब ५० करोड रुपैयाँ नाघेको छ ।             निगमका प्रवक्ता उपाध्याय निरन्तरको नोक्सानीले निगमको वित्तीय अवस्था धरासायी बन्दै गएको बताउँछन् । प्रवक्ता उपाध्यायका अनुसार अन्तरराष्ट्रिय मूल्य र आन्तरिक कर तथा लागतले निगमको लागत मूल्य बढ्दै गएको छ, तर मूल्य लागत मूल्यभन्दा कम मूल्यमा इन्धन बेच्नुपर्दा नोक्सानी बढ्दै गएको छ । रासस

उत्तर कोरियामा भोकमरी लाग्दैछ?

उत्तर कोरियाको अर्थतन्त्र धरासायी बन्दै गएको कुरा छर्लंगै भए पनि किमले नै सार्वजनिक रूपमा राष्ट्रियस्तरमा खाद्यान्नको अभाव भएको स्वीकार्नु बिरलै हुने कुरा हो।

होटल व्यवसाय धरासायी बन्दै

दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि म्याग्दीको होटल व्यवसाय धरासायी बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरेर सञ्चालन गरिएको म्याग्दीका ४ सय होटल तथा रेष्टुरेण्ट व्यवसाय धरासायी अवस्थामा पुगेका छन् ।आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर सञ्चालन भएका होटलहरु कोरोनाका कारण होटल व्यवसाय धरासायी बन्दै जाँदा पलायन हुन बाध्य बनाएको […]