काठमाडौंमा सस्ता फर्निचर : कति मूल्यसम्ममा पाइन्छ ?

९ फागुन, काठमाडौं । नयाँ घर वा डेरा सर्ने बेलामा सबैभन्दा टाउको दुखाइको विषय बन्छ फर्निचरको व्यवस्थापन । कस्तो फर्निचर राम्रो होला ? अक्सर हामी यसको जवाफ मूल्यसँग जोडेर हेर्छौं । महंगो फर्निचर नै राम्रो हुन्छ भन्ने हाम्रो मान्यता छ । तर बजारमा सस्तो मूल्यमा फर्निचर बेच्नेहरुले पनि महँगो हुँदैमा बलियो हुने र सस्तो हुँदैमा […]

सम्बन्धित सामग्री

‘इन्टेरियर डिजाइनर डेकोरेटर होइन, क्रियटिभ पेशा हो’

काठमाडौं। नेपालमा इन्टेरियर डिजाइनलाई सामान्य रूपमा हेरिन्छ । कतिपयले त यसलाई डेकोरेटर भनेर समेत चिन्ने गर्छन् । त्यस्तै कतिले रङरोगन गर्ने काम भनेर व्याख्या पनि गर्छन् । रङ मिलाउने अनि सोफालाई कोठामा यताउता मिलाउने भन्ने रूपमा बुझ्ने पनि छन् ।  तर वेलाकासा इन्टेरियरकी संस्थापक सपना सापकोटाका दृष्टिमा इन्टेरियर डिजाइन एउटा कला हो । ‘यसले एउटा रूममात्रै होइन ‘ओभरल स्पेसलाई डिफाइन’ गर्छ । त्यसैले यो सृजनशील पेशा हो,’ आर्थिक अभियानसँगको कुराकानीमा सापकोटाले भनिन्, ‘यो डिप एडुकेशन पनि हो । यसले एउटा ‘स्पेस म्यानेजमेन्ट’ गर्छ ।’ नेपालमा यही क्षेत्रमा भविष्य देखेर यतिखेर उनी यसको विस्तार गर्न लागिपरेकी छन् । ‘वेलाकासा’ इटालियन शब्द हो । यसको अर्थ ‘स्वीट होम’ वा ‘ब्युटिफुल होम’ हुन्छ ।  इटालियन इन्टेरियरलाई एउटा उत्कृष्ट कलामा गनिन्छ । सापकोटाले यससम्बन्धी पढ्दा पढ्दै कम्पनी खोलेर डिजाइन शुरू गरेकी हुन् । उनीसँग एनसेलका इन्टेरियर फिटआउट वर्क, हार्डरक क्याफे, सिप्रदी, जगदम्बा टावर, होलिडे इन एक्सप्रेस, होटल र्‍याडिसनजस्ता धेरै ठूला प्रोजेक्टहरूमा काम गरेको अनुभव छ । प्रोजेक्ट म्यानेजमेन्ट पनि गर्ने सापकोटा एउटा प्रोजेक्टको डिजाइन गर्दा सयओटा पार्टीसँग डिल गर्नुपर्ने र व्यवस्थापकीय क्षमता नभई काम गर्न नसकिने बताउँछिन् । लिएको काम समयमै सम्पन्न गर्ने तथा डिजाइन साकार गर्ने भएरै धेरैले विश्वास गरेको भन्दै उनले आफू अन्यभन्दा फरक हुन सकेको बताइन् । ‘जिम्मेवारी लिएपछि पछि हट्ने कुरा हुँदैन । काम सबैले गर्छन् तर हामी समयमै र क्लाइन्टको मर्का बुझेर काम गर्छौं । यसकारण हामी फरक छौं । विदेशबाट प्राविधिक ल्याएर समेत काम गर्छौं । काम पाइयो भन्दैमा जुन पायो त्यही गर्दैनौं । यो आफैमा गाह्रो काम हो,’ उनले भनिन्, ‘हरेक प्रोजेक्टका छुट्टै स्टोरी हुन्छन् । राम्रो काम गर्नसके रिपिटेड क्लाइन्ट पाइन्छ । यसले अर्को चेन ल्याउँछ ।’ यो क्षेत्रमा विगतभन्दा अचेल मानिसको सोचमा फरक आएको उनले पाएकी छन् । उपभोक्तामा पनि परिवर्तन आएको उनको बुझाइ छ । ‘काम दिएपछि भइहाल्यो नि !, डिजाइनको पनि चार्ज लाग्छ र ! भन्ने चलन थियो अहिले आफै बसेर लौ न यसको डिजाइन गर्नुपर्‍यो, चार्ज कति लाग्छ भन्ने गर्छन् । हामी कुर्छौं तपाईं नै गर्दिनुस् भन्ने पनि छन्,’ उनले भनिन्, ‘फर्निचर मात्रै होइन हरेक डिजाइनको केही थिम हुन्छ । अफिसको थिमअनुसार काम गर्नुपर्छ । आजभोलि भद्दा मन पराउँदैनन् । देख्दा राम्रो तर थोरै स्पेसको धेरै सदुपयोग र बजेट सही ठाउँमा उपयोग हुनुका साथै सफा गर्न सहज हुने खोज्छन् । छनोट बदलिएको छ ।’ उनका दुई कम्पनीले हाल दुई सेग्मेन्टमा काम गरिरहेका छन् । वेलाकासाले डिजाइनमा काम गर्छ भने नेस्ट फर्निचरले आर्किटेक्स र डिजाइनरहरूको डिजाइन अनुसार काम गर्छ । वेलाकासा मात्रै अगाडि बढाइरहेकी उनी नेस्ट फर्निचरसम्मको यात्रालाई दैवसंयोग मान्छिन् । कोभिडको केही महीना अगाडि नेस्ट फर्निचर लिने संयोग जुर्‍यो । ‘यसले वेलाकासालाई पनि बुस्ट गर्ने देखेर लिएँ,’ उनले सुनाइन् ।  बालकुमारीमा ४ हजार वर्गफीट क्षेत्रफलमा रहेको नेस्ट फर्निचरलाई हाल २० हजार वर्गफीटमा विस्तार गरिएको छ । परम्परागत तथा मोडर्न फर्निचर दुवै शाखा चलाउने उद्देश्यले नेस्ट फर्निचर लिएको उनी बताउँछिन् ।  आफै इन्टेरियर डिजाइनर भएकाले सरकारी निकायको उपलब्ध पूर्वाधार तथा नियमअनुसार इन्टेरियर डिजाइनरलाई अझै पनि आफ्नो भिन्न पहिचान र पद उपलब्ध नभएकोमा उनले चिन्ता व्यक्त गरिन् । इन्टेरियर डिजाइनरको कार्य अझै पनि सिभिल तथा आर्किटेक्टअन्तर्गत भइरहेको सापकोटाले बताइन् ।  सरकारले काठ आयातमा रोक लगाएकाले स्वदेशी उद्योगले स्वदेशी काठ नै प्रयोग गर्न पाउनु राम्रो भएको तर सबै प्रकारका काठ आयातमा रोक लगाउनुपर्ने उनको भनाइ छ ।  अझै पनि डोर फ्रेम, तयारी फर्निचर तथा फर्निचरका विभिन्न भाग आयात गरी यही इन्स्टल गरी स्वदेशी फर्निचरको दरभन्दा थोरैमा विक्रीवितरण भइरहेकोमा उनले दु:ख प्रकट गरिन् । ‘यसमा सरकारको ध्यान गएको छैन,’ सापकोटाले भनिन् । धेरै सामान सहजै पाइने भएकाले अहिले मेटेरियलमा धेरै च्वाइस भएको उनले बताइन् । आफ्नो कम्पनीले सकेसम्म आयात गरिएका फर्निचर नबेच्ने र आवश्यक परे मात्रै ल्याउने गरेको उनको भनाइ छ ।  महिला उद्यमीका हिसाबले यो पेशा कस्तो छ भन्ने प्रश्नमा उनले अहिलेको अवस्थामा यो व्यवसाय ठीक भएको र यसलाई दिगो बनाउने कोसिस गरिएको बताइन् । ‘महिला भएर उद्यम गर्न पहिले जस्तो समस्या अहिले छैन । पहिले जस्तो गृहणी कम हुनुहुन्छ । त्यसैले पनि होला म मेरो घर वा अफिस यस्तो बनाउँछु भन्ने क्षमता राख्नुभएको छ । अहिले डिजाइनरदेखि आर्किटेक्टसम्म महिला बढी नै हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँहरूलाई मेरो सल्लाह– काम गर्दा आत्तिनु हुँदैन । सफल भइन्छ ।’ उनी यो पेशामा लागेको १३ वर्षभन्दा बढी भयो । उनका अनुसार वेलाकासामा इन्टेरियरमा सुपरभाइजर र कर्मचारी गरेर ४० जनाभन्दा बढी छन् । साइटमा पनि केही जनशक्ति हायर गरिएका छन् । नेस्टमा ८० जना दैनिक काम गर्ने छन् भने प्रशासनतर्फ ४५ भन्दा बढी कर्मचारी रहेको उनले जानकारी दिइन् । उनले वेलाकासा र नेस्ट दुवै संस्था राम्रैसँग चलाइरहेकी छन् । साफ्टाले समस्या बनायो  उनका अनुसार अहिले केही नेपाली उद्योगलाई साफ्टाका केही प्रावधानले समस्या पारेको छ । फर्निचर भारतबाट आयात गर्दा नेपाली बजारमा काम कम हुने र ठूला लगानीकर्तालाई मार परेको उनले बताइन् । ‘साफ्टामा भन्सार कम लाग्छ जसले गर्दा होटेल, उद्योग साथै व्यावसायिक परियोजनामा प्रयोग हुने फर्निचर भारतबाट आयात गर्दा नेपाली उद्योग मर्कामा परेका छन् । यो प्रावधान हटाउनै त नमिल्ला । तर, यस्ता वस्तु आयातमा सरकारले भन्सार बढाउनुपर्छ,’ उनले भनिन् ।

‘एक्स्पोमा विश्व बजारमा उपलब्ध गुणस्तरीय फर्निचरजन्य सामान पाइन्छ’

फर्निचर तथा फर्निसिङका उत्पादनमा मुलुकलाई आत्मनिर्भरताको बाटोमा डोर्याउने लक्ष्यका साथ भदौ २३ गतेदेखि काठमाडौंमा आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आयोजना हुँदैछ । एक्स्पोले विश्व बजारमा उपलब्ध आधुनिक प्रविधि भित्र्याउन टेवा पुर्याउने अपेक्षा व्यवसायीको छ । बर्सेनि झण्डै ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुने गरेकोमा त्यसको ४० देखि ५० प्रतिशत हिस्सा आयातित उत्पादनको छ । यो हिस्सा घटाएर स्वदेशी उत्पादनको हिस्सा बढाउन अरु क्षेत्रमा भन्दा सहज भएको एक्स्पोको आयोजक संस्

फर्निचर मेलामा खरीदकर्ताको आकर्षण : ५ करोडको कारोबार हुने अनुमान

रौतहट (अस) । नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा सञ्चालित फर्निचर मेलामा खरीदकर्ताको आकर्षण बढेको छ । श्रीपञ्चमीदेखि शुरू भएको मेलामा उपभोक्ताको आकर्षणसँगै कारोबार समेत बढेको व्यवसायी बताउँछन् । मेलामा यस वर्ष करीब ३०० भन्दा बढी व्यवसायीले फर्निचर सामग्री विक्रीका लागि राखेका छन् । काठबाट बनेका आकर्षक फर्निचर सामग्री किन्न रौतहट र आपपासका जिल्लाका बासिन्दाले सो मेला पर्खने गरेका छन् । अन्य ठाउँमा सामान किनेको भन्दा मेलामा २५ प्रतिशतभन्दा कम मूल्यमा फर्निचर सामग्री खरीद गर्न पाइन्छ । मेलामा राखिएका फर्निचरका सामग्री सस्तो, बलियो र आकर्षक हुने भएपछि यहाँका स्थानीयवासी खरीदका लागि मेला नै पर्खने गरेको शिवनगरका स्थानीय करणकुमार मिश्राले बताए । साल, सिसौ, टिक, मसला, आँपलगायत विभिन्न जातको काठबाट आकर्षक तरिकाले बनाइएका फर्निचर सामग्री मेलामा पाइने उनको भनाइ छ । बलियो काठको आफैले फर्निचर बनाएर यस मेलामा ल्याउने गरेकाले बजारभन्दा तुलनात्मक रूपमा सस्तो हुने र सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध हुने भएपछि मेला खरीदकर्ताको आकर्षणको केन्द्र बनेको छ । आकर्षक तरिकाले बुट्टा कुँदिएका पलङ, कुर्सी, ढोका, सोफा, दराज तथा किसानलाई खेती र घरायसी प्रयोजनमा आउने फलामका हँसिया, कुटो, बञ्चरो, खुकुरीलगायत सामग्री विक्रीका लागि मेलामा राखिएका छन् । मेलामा सहभागी व्यवसायीले हरेक वर्ष दोब्बर सामग्री विक्री हुने गरेको बताएका छन् । मेलामा यस वर्ष ५ करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको नेपाल विश्वकर्मा बजार समितिका अध्यक्ष अरुण यादवले बताए । गतवर्ष ४ करोड रुपैयाँको कारोबार भएको थियो । मेलामा राखिएकाका फर्निचर सामग्री सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुर र भारत विहारका विभिन्न ठाउँसम्म पुग्ने गरेको व्यवसायीको भनाइ छ ।

रौतहटको जयनगरमा फर्निचर मेला, ५ करोडको कारोबार हुने अनुमान

फागुन ५, रौतहट । काठबाट बनेका आकर्षक फर्निचर सामग्री किन्नका लागि सर्वसाधारणले प्रत्येक वर्ष रौतहटको जयनगरमा लाग्ने मेला नै पर्खने गरेका छन् । अन्य ठाउँमा सामान किनेको भन्दा यहाँ २५ प्रतिशतभन्दा कम मूल्यमा फर्निचर सामग्री खरीद गर्न पाइन्छ । मेलामा राखिएका फर्निचरका सामग्रीहरु सस्तो, बलियो र आकर्षक हुने भएपछि यहाँका स्थानीयहरु खरीदका लागि मेला नै पर्खने गरेको शिवनगरका स्थानीय करण कुमार मिश्राले बताए ।  साल, सिसौ, टिक, मसला, आँपलगायत विभिन्न जातको काठबाट आकर्षक तरिकाले बनाइएका फर्निचर सामग्री मेलामा पाइन गरेको उनको भनाइ छ । बलियो काठको आफैले फर्निचर बनाएर यस मेलामा ल्याउने गरेकाले बजारभन्दा तुलनात्मक रूपमा सस्तो हुने र सम्पूर्ण सामानहरु एकै ठाउँमा उपलब्ध हुने भएपछि मेला खरीदकर्ताहरुका लागि आकर्षणको केन्द्र विन्दु बनेको छ । मेलामा आकर्षक तरिकाले बुट्टा कुदिंएका पलंङ्ग, कुर्सी, ढोका, सोफा, दराज तथा किसानलाई खेती र घरायसी प्रयोजनमा आउने फलामका हसिंया, कुटो, बञ्चरो, खुकुरीलगायतका सामग्री निर्माण गरी मेलामा विक्रीका लागि राखिएका छन् । नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा प्रत्येक वर्ष झैं यस वर्ष पनि गरुडा नगरपालिका–१ जयनगरमा फर्निचर मेला शुरु भएको हो । श्रीपञ्चमीको अवसरमा शुरु भएको मेला करीब एक महीनासम्म लाग्ने आयोजकले बताएको छ । मेलामा फर्निचर सामग्री विक्री गर्दै आएका व्यवसायीहरुले हरेक वर्ष दोब्बर सामग्री विक्री गर्ने गरेको बताएका छन् । मेलामा यस वर्ष करीब ३०० भन्दा बढी व्यवसायीले फर्निचर सामग्री विक्रीका लागि राखेका छन् । मेलामा यस वर्ष ५ करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको नेपाल विश्वकर्मा बजार समितिका अध्यक्ष अरुण यादवले बताए । गत वर्ष ४ करोड रुपैयाँको कारोबार भएकोमा गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यवसायीको संख्या बढेको र अवलोकनकर्ताको संख्यासमेत बढ्ने उनले बताए । यहाँका फर्निचर सामग्रीहरु सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ ।

कलात्मक मूल ढोकाले बढाउँछ घरको आकर्षण

काठमाडौं । नेपाललाई चिनाउने विभिन्न वस्तुमध्ये काष्ठकला पनि एक हो । विशेषगरी राजधानी सहर काठमाडौंसहित उपत्यकाका तीनै सहर काष्ठकलाका लागि प्रख्यात छन् । यहाँ प्राचीन समयदेखि प्रचलित काष्ठकलाको नमुना अहिले पनि सहरका चोक, गल्ली तथा पुरानो भागमा सदियौंदेखि उभिइरहेका अनगन्ती मठमन्दिर, पाटीपौवा तथा दरबारमा देख्न सकिन्छ । हेर्दै मनमोहक परम्परागत काष्ठकला मठ–मन्दिर तथा अन्य सम्पदाको जीर्णोद्धार हुँदा एवं विशेष किसिमको भवन वा नयाँ मन्दिर निर्माण गरिँदा अझै जस्ताको तस्तै अभ्यासमा छ । काठमा आकर्षक डिजाइनमा कुँदेर बनाइने झ्याल तथा ढोकाहरू भने निजी भवनमा पनि प्रयोग गर्न सक्छौं । यसो गर्दा दुर्लभ कलाको जगेर्ना हुन्छ र आफ्नो निवासको आकर्षणलाई पनि थप जीवन्त बनाउँछ । कंक्रिटका आधुनिक निर्माणले सहर ढाकिँदा पनि घरमा परम्परागत कलाको नमुना राख्ने अवसर काठका झ्याल र ढोकाले दिन्छ । सिमेन्ट पोतिएको भित्तामा परम्परागत झ्याल राख्दा त्यति व्यावहारिक र सुहाउँदो नहुने भएकाले अल्मुनियमको झ्याल राख्ने चलन बढ्दै गएको छ । तर, जब घरको ढोकाको कुरा आउँछ, अझै पनि काठबाट निर्मित ढोकालाई अन्य कृत्रिम सामग्रीले प्रतिस्थापन गरेको छैन । हामी काठबाटै बनेको ढोका प्रयोग गर्दछौं । ढोका बनाइने उच्च गुणस्तरको काठ सजिलै उपलब्ध नहुने र परम्परागत बुट्टा तथा देवदेवी वा अन्य चित्र हातैले कुँदेर बनाउने चलन भएकाले काठका कलात्मक ढोकाको लागत भने तुलनात्मक रूपमा महँगो देखिन्छ । यद्यपि, यस्ता ढोकामा उच्च गुणस्तरको काठ मात्र प्रयोग गरिने भएकाले सदियौं टिकाउ हुन्छ र तत्कालका लागि महँगो भए पनि लामो समयलाई ढुक्क हुन सकिन्छ । जानकारका अनुसार नेपाली परम्परागत ढोकाका लागि प्रयोग हुने काठ चुरे पहाड तथा आसपास पाइने अग्राख भनिने नेपाली सालको काठ हो । सालको आयुबारे प्रचलित लोक उक्तिअनुसार साल रुखको रुपमा १ हजार वर्ष र ढलेपछि पनि १ हजार वर्ष नै टिक्न सक्ने भनाइ छ । यस्तो बलियो काठलाई फर्निचरमा ढाल्नु पहिले परम्परागत तरिकाले सिजनिङ गर्ने अर्थात् सुकाउने कार्य गरिन्छ । ढोका तथा अन्य फर्निचर बनाउन काठ राम्रोसँग सिजनिङ हुनु अनिवार्य छ । उचित तरिकाले सिजनिङ गरिएको काठबाट ग्रहक चाहनाअनुसार विभिन्न डिजाइन र नापका ढोका बनाउने गरिन्छ । परम्परागत काष्ठकलाका लागि प्रख्यात भक्तपुरका विभिन्न स्थान तथा उपत्यकाको केही अन्य ठाउँमा पनि यस्ता परम्परागत ढोका बनाइने फर्निचरका सोरुम तथा पसल रहेका छन् । भक्तपुरको शिवशंकर फर्निचरका सञ्चालक जयकृष्ण शिल्पकारका अनुसार घरको मूलढोका काठमा विभिन्न डिजाइन कोरेर बनाउन आउने ग्राहक अझै उत्तिकै छन् । उनका अनुसार हाल यस प्रयोजनका लागि उपयोग हुने काठ तराईको हेटौंडा, चितवन र बुटवलबाट आउने गर्दछ । छिटोछरितो सिजनिङका लागि मेसिन प्रयोग पनि हुन थालेको छ । ग्राहकले अर्डर दिएको मितिदेखि ढोका तयार हुन ढोकाको डिजाइन र साइजको आधारमा औसत दुई महिना लाग्दछ । डिजाइनकै आधारमा यस्तो ढोकाको मूल्य प्रतिवर्गफिट ६ हजारदेखि ८ हजारसम्म पर्दछ । यसको आधारमा औसत ढोकाको मूल्य १ लाखदेखि माथि पर्न जान्छ । कालिगढले मिहिनेत गरी बनाउने कलात्मक ढोकामा चन्द्र सूर्य, लक्ष्मी, गणेश, भगवान् विष्णु, सरस्वती, आदिको चित्र कुँदिएको पाइन्छ भने बौद्धमार्गी घरधनीका घरको ढोकामा भने कमल, चक्र, कलश आदिसहितको अष्टमंगलको चित्रलाई अत्यधिक रुचाइएको पाइन्छ । साथै, पञ्चबुद्ध, कुबेर, आदिको चित्र पनि यस्ता ढोकामा कुँदेको पाइन्छ । आध्यात्मिक विश्वास झल्काउने यस्ता चित्रका अलावा ढोकामा विभिन्न बुट्टाको पनि प्रयोग गर्न सकिन्छ ।

वैज्ञानिकहरूले कागती र सुन्तलाबाट बनाए पारदर्शी काठ

कागती र सुन्तलामा पाइने एक तत्त्वको सहायताले वैज्ञानिकहरूले पारदर्शी काठ बनाएका छन् ।  यस काठबाट प्रकाश आरपार हुन्छ । यसले तातोलाई पनि रोकेर राख्छ । अनि यो शतप्रतिशत नवीकरणीय छ ।    केटीएच रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीकी वैज्ञानिक सेलीन मोन्टानारी र उनको टोलीले यसलाई बनाएका हुन् ।  यस्तो काठबाट घरै बनाउन सकिने वा घरका फर्निचर बनाउन सकिने मोन्टानारीको भनाइ छ ।  यो काठ बनाउनका लागि लिगनिनको उपयोग गरिएको मोन्टानारीको भनाइ छ । त्यसो त लिगनिन सबै काठमा पाइन्छ र यसले प्रकाशलाई धेरै ...

वैज्ञानिकहरूले कागती र सुन्तलाबाट बनाए पारदर्शी काठ

कागती र सुन्तलामा पाइने एक तत्त्वको सहायताले वैज्ञानिकहरूले पारदर्शी काठ बनाएका छन् ।  यस काठबाट प्रकाश आरपार हुन्छ । यसले तातोलाई पनि रोकेर राख्छ । अनि यो शतप्रतिशत नवीकरणीय छ ।    केटीएच रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीकी वैज्ञानिक सेलीन मोन्टानारी र उनको टोलीले यसलाई बनाएका हुन् ।  यस्तो काठबाट घरै बनाउन सकिने वा घरका फर्निचर बनाउन सकिने मोन्टानारीको भनाइ छ ।  यो काठ बनाउनका लागि लिगनिनको उपयोग गरिएको मोन्टानारीको भनाइ छ । त्यसो त लिगनिन सबै काठमा पाइन्छ र यसले प्रकाशलाई धेरै ...

यसरी गर्न सकिन्छ घरमा सस्तो लागतमा फर्निचर व्यवस्थापन

रुपेश प्रधान काठमाडौं । पहिले घर निर्माण र त्यसपछिको काम घरको इन्टेरियर डिजाइनका लागि फर्निचर व्यवस्थापन गर्नु हो । घरलाई सुन्दर बनाउन फर्निचरले पनि भूमिका खेलेको हुन्छ । घर तयार भएपछि फर्निचर व्यवस्थापन गर्नु उत्तिकै महत्व भए पनि लागत अभावले कतिपयले फर्निचरमा भने सम्झौता गर्ने गरेको पाइन्छ । तर, सकभर कुनै पनि सर्तमा घरमा आवश्यक फर्निचर व्यवस्थापनमा सम्झौता गर्नु राम्रो नहुने यस क्षेत्रका जानकार सुझाउँछन् । पछिल्लो समय बजारमा नयाँ र महँगा डिजाइनका फर्निचर उपभोक्तालाई छानीछानी खरिद गर्ने सुविधा छ । देखासिखीमा घरको साजसज्जाका लागि इन्टेरियर डिजाइनमा नचाहिने सामान पनि थोपर्ने गरेको पाइन्छ । घर सजाउन कस्तो फर्निचर छान्ने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । डिजाइनले पनि कस्ता सामान उक्त घरका लागि आवश्यक हुन्छ भन्ने निर्धारण गर्न सहज हुन्छ । अहिलेको समय सस्तो, राम्रो र बलियो तीन वटै गुणसम्पन्न वस्तु पाउनु कठिन भएको फर्निचर क्षेत्रमा लामो समय काम गरेकाहरू बताउँछन् । त्यसका लागि सुरुमै केही विषयमा ध्यान दिँदा राम्रा सामानमा बढी बजेट आवश्यक नपर्ने हुन सक्छ । किफायती मूल्यमा फर्निचर खरिद गरेर पनि घरलाई सजाउन सकिन्छ । बजारमा धेरै थरीका सामान पाइन्छन् । सस्तो र राम्रो तरिकाले फर्निचर व्यवस्थापनका लागि बजारको अध्ययन हुनु आवश्यक हुन्छ । सुरुमा आफ्नो बजेट कति छ, त्योअनुसार डिजाइन गरेर घर बन्नुभन्दा पहिले नै आवश्यक सामानको अर्डर दिनु र फर्निचरको राम्रो ज्ञान भएका व्यक्तिबाट सुझाव लिएर डिजाइनमा केही फेरबदल गर्नु राम्रो हो । पहिले नै यसमा ध्यान दिन किन आवश्यक छ भने जहिले पनि तयारी सामान लिँदा केही महँगो पर्ने हुन्छ । घर बनिसकेपछि सामान खरिद गर्नुभन्दा पहिले नै योजना बनाउँदा कम लागत पर्न सक्छ । उस्तै गुणस्तरको एउटै सामान हजारदेखि लिएर दसौँ हजारसम्म पर्न सक्ने भएकाले घरको डिजाइनले पनि लागतमा फरक पार्दछ । त्यस कारण आफ्नो बजेट कस्तो छ र घरको डिजाइन कुन तरिकाले भइरहेको छ, त्यस्तो फर्निचरलाई प्राथमिकता दिनु राम्रो हुन्छ । कोठामा फर्निचर सजाउन रङले पनि फरक पार्छ, त्यसैले रङ छनोटमा पनि उत्तिकै ध्यान दिनुस् । डिजाइनअनुसार नै घरको गेटदेखि, भान्सा, बाथरुम, बेडरुम, पाहुना कोठाका लागि सही सामग्री छनोटका लागि आफूलाई मन परेको डिजाइन भएका छिमेकी, फर्निचर विज्ञ र यसमा काम गरिरहेकासँग सुझाव लिनुहोस् । केही वर्षअघिसम्म झ्याल, ढोका, दराज, कुर्सी, टेबलदेखि घरमा आवश्यक प्रायः फर्निचर काठले बनेका हुन्थे । तर, बदलिँदो अवस्था र परिवेशले काठको स्थान भने वैकल्पिक सामग्रीले ओगटिसकेका छन् । लागत घटाउने अर्को उपाय भनेको काठको विकल्प खोज्नु हो । यद्यपि, सकेसम्म काठ नै प्रयोग गर्नु राम्रो हो । पछिल्लो समय काठ महँगो हुँदै गएकाले अभाव देखिन थालेको छ । काठ नै प्रयोग गर्न तपाईंसँग एउटा राम्रो विकल्प के हुन सक्छ भने घर लामो समयको योजनासहित बनाइने भएकाले १० वर्षपछि घर बनाउने सोचमा हुनुहुन्छ भने अहिले नै खाली जग्गामा रूख रोप्नुहोस् । यसले घर बनाउँदा काठको अभाव बेहोर्नुपर्दैन । पछिल्लो समय काठको ठाउँमा नयाँ–नयाँ विकल्प देखापरेका छन् । हेम्प, स्टिल, बाँस, युपीभीएस, प्लास्टिकलगायतको प्रयोगबाट बनेका फर्निचर पनि उत्तिकै उपयोगी विकल्प हुन सक्छन् । त्यसैले यस्ता किसिमका सामानको सही ढंगले प्रयोग गरे पछुताउनुपर्ने हुँदैन । तर, घरको डिजाइनअनुसार यस्ता कुन सामग्री, कहाँ प्रयोग गर्ने हो, यसले फरक पार्न सक्छ । त्यस कारण यी सामानको प्रयोग गरिरहँदा विज्ञको सुझाव लिनु अझ बढी लाभप्रद हुन सक्छ । यसरी सामान्य कुरामा ध्यान दिने हो भने तपाईंले फर्निचर व्यवस्थापनमा धेरै हदसम्म लागत घटाउन सक्नुहुन्छ । (प्रधान नेपाल फर्निचर तथा फर्निसिङ संघका निवर्तमान अध्यक्ष हुन् )

वैज्ञानिकहरूले कागती र सुन्तलाबाट बनाए पारदर्शी काठ

कागती र सुन्तलामा पाइने एक तत्त्वको सहायताले वैज्ञानिकहरूले पारदर्शी काठ बनाएका छन् ।  यस काठबाट प्रकाश आरपार हुन्छ । यसले तातोलाई पनि रोकेर राख्छ । अनि यो शतप्रतिशत नवीकरणीय छ ।    केटीएच रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीकी वैज्ञानिक सेलीन मोन्टानारी र उनको टोलीले यसलाई बनाएका हुन् ।  यस्तो काठबाट घरै बनाउन सकिने वा घरका फर्निचर बनाउन सकिने मोन्टानारीको भनाइ छ ।  यो काठ बनाउनका लागि लिगनिनको उपयोग गरिएको मोन्टानारीको भनाइ छ । त्यसो त लिगनिन सबै काठमा पाइन्छ र यसले प्रकाशलाई धेरै ...