विराटनगर । बैशाख महिनामा मात्र २ अर्ब ८ करोड खर्च गरेको प्रदेश नम्बर १ सरकारले असार महिनाको २५ दिनमा ९ अर्ब ६७ करोड बजेट सकेको छ । असार १ देखि २५ गतेसम्मको अवधिमा चालुतर्फ ३ अर्ब २३ करोड र पुँजीगतर्फ ६ अर्ब ४४ करोड रूपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । […]