प्रदेश १ सरकारले चालू आर्थिक वर्षमा विकास निर्माणतर्फ २१ प्रतिशत बजेट मात्रै खर्च गरेको छ ।
आर्थिक वर्षको ७ महिना बित्न लाग्दा प्रदेश १ सरकारले २१ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ ।
पुँजीगततर्फ २१ प्रतिशत र चालूतर्फ ३१ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
कूल ३२ अर्ब ४६ करोड ९२ लाख बजेट विनियोजन भएकोमा चालू र पुँजीगत गरी हालसम्म २६.५ प्रतिशत बजेट मात्रै खर्च भएको छ ।
चालूतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात् ४३.६५ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ...