विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश १ बजेट कार्यान्वयन र खर्चमा अब्बल रहेको बताएका छन्। आज (बिहीबार) बसेको प्रदेशसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री आङ्बोले अन्य प्रदेशभन्दा प्रदेश १ बजेट कार्यान्वयन र खर्चमा अब्बल रहेको दाबी गरेका हुन्।उनले ३२ अर्ब बजेटमध्ये प्रदेश सरकारले फागुन मसान्तसम्म १२ अर्ब ५८ करोड अर्थात करिब ३९ प्रतिशत बजेट खर्च गरिसकेको बताउँदै उनले चालू आवमा प्रदेश सरकारको ९० प्रतिशत बजेट खर्च हुने जान