प्रदेश १ मा विनियोजन विधेयक बहुमतले पारित

प्रदेश १ सभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री  टङ्क आङ्बुहाङले प्रदेशसभामा विनियोजन विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो । विधेयक पारित भएपछि आर्थिक वर्ष  २०७८–०७९ सुरु भएसँगै बजेट खर्च गर्ने बाटो खुलेको छ । प्रतिपक्षी दल नेकपा माओवादीका प्रदेश सभासद् मोहनकुमार खड्काले पेस गरेको एकसय रुपैयाँ खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । विनियोजन विधेयकमाथिको छलफलमा प्रतिपक्षभन्दा सत्ता

सम्बन्धित सामग्री

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ को बजेट बहुमतले पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।...

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ ।  प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव

प्रदेश १ मा आज विनियोजन विधेयक पारित हुँदै

काठमाडौँ । प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक (बजेट) आज पारित हुने भएको छ । विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरू र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ । शनिबारको संसद बैठक झण्डै ५ घण्टा लामो चलेको थियो । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले दिएका थिए […]

आज प्रदेश १ मा विनियोजन विधेयक पारित हुँदै

प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक (बजेट) आज पारित हुने भएको छ । विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ ।शनिबारको संसद बैठक झण्डै ५ घण्टा लामो चलेको थियो । बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले दिएका थिए । सरकारको जवाफपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराउन आज १२ बजेसम्मको लागि सभामुख प्रदिपकुमार भण्डारीले समय प्रदान गरेका छन् ।खर्च कटौतीको प्रस्ताव पेश भए

सांसदको प्रश्नः कृषि प्राथमिकतामा कि ओझेलमा?

प्रदेश १ को विनियोजन विधेयक(बजेट)का प्राथमिकता र उद्देश्यमाथिको छलफल सकिएको छ। सोमबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश सभामा पेश गरेको विनियोजन विधेयक २०७९/८० माथि मंगलबार बसेको प्रदेश सभाको बैठकमा छलफल गरिएको हो।...

प्रदेश १ : केन्द्रमा राजनीतिक समीकरण फेरिँदा प्रदेशसभा बैठक अनिश्चित

५ साउन, विराटनगर । केन्द्रमा राजनीतिक समीकरण परिवर्तन हुँदा प्रदेश १ को प्रदेशसभा बैठक प्रभावित भएको छ । असार २६ गते आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्दै अनिश्चितकालका लागि स्थगित भएको बजेट अधिवेशनको बैठक प्रभावित बनेको छ । प्रदेशको विनियोजन विधेयक पारित गर्दै सभामुख प्रदीपकुमार भण्डारीले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका […]

प्रदेश १ को विनियोजन विधेयक पारित

विराटनगर । प्रदेशसभा सदस्य र मन्त्रीबीचको भनाभनले लम्बिएको प्रदेश १ को बजेट अधिवेशनबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । चारपटक अवरुद्ध भएको प्रदेशसभा बैठक सोमवारदेखि सुचारु भएको थियो । शुक्रवार विनियोजनमाथिको छलफल सकिएपछि विधेयक निर्णयार्थ पेश गरिएको थियो । बजेट अधिवेशनमा बोल्ने क्रममा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहन खड्का र भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङबीच प्रदेशसभामा भएको भनाभनपछि प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो । मन्त्री गुरुङले माफी माग्नुपर्ने माग गर्दै माओवादीका प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गर्दै आएका थिए । सोमवार बैठक प्रारम्भ हुनुपूर्व नै एमाले र माओवादीबीच सहमति भएपछि सोमवारदेखि प्रदेशसभा सुचारु भएको थियो । मन्त्री गुरुङले बोलेको रेकर्डबाट हटाउने निर्णय भएपछि दुवै पार्टीका नेताबीच प्रदेशसभा बैठक विनाअवरोध सञ्चालन गर्ने सहमति भएको थियो । प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले खर्च कटौतीको दुई छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएकोमा खर्च कटौतीको दुवै प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । खर्च कटौतीको प्रस्ताव राख्दै नेपाली कांग्रेसका सांसद शिवनारायणसिंह गनगाईले अर्थ विविध शीर्षकमा ३ अर्ब रुपैयाँ बजेट स्वैच्छाचारी ढंगले खर्च गर्ने उद्देश्यले राखिएको भन्दै त्यसलाई कटौती गरी १ रुपैयाँ राखियोस् भनी प्रस्ताव गरेका थिए । नेकपा माओवादी केन्द्रका सांसद मोहनकुमार खड्काले राजनेता पार्कका लागि २ करोड रुपैयाँ विनियोजन गरिएकोमा त्यसलाई घटाई १ रुपैयाँ कायम गर्न संशोधन प्रस्ताव गरेका थिए । दुवै प्रस्ताव बहुमतले अस्वीकृत भए । खर्च कटौतीको प्रस्तावको विषयमा जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले खर्च कटौतीको प्रस्ताव स्वीकार गर्न नसकिने बताए । विनियोजन विधेयकमाथिको छलफल सकिएपछि मुख्यमन्त्री शेरधन राईले समग्र बजेटका सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिएपछि बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै प्रदेशसभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । अर्काे सूचना नभएसम्मका लागि आठौं अधिवेशनको बैठक स्थगित गरिएको सभामुख प्रदीपकुमार भण्डारीले बताए ।

प्रदेश १ सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित

विराटनगर : प्रदेश  १ प्रदेशसभा बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको छ। शुक्रबार विनियोजन विधेयकमा उल्लेख भएको मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बैठक निर्णयार्थ पेश गरिएकोमा बहुमतले पारित भएको हो।प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले खर्च कटौतीको दुई छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएकोमा खर्च कटौतीको दुवै प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।विनियोजन विधेयक माथिको छलफल सकिएपछि मुख्यमन्त्री शेरधन राईले समग्र बजेटका सन्

प्रदेश १ को बजेट बहुमतले पारित

मोरङ – प्रदेश १ सरकारको ०७८।७९ को बजेट बहुमतले पारित भएको छ। विराटनगरस्थित प्रदेश सभामा शुक्रबार प्रस्तुत प्रदेश विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको हो। बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले विधेयक पारित गर्न पेस गरेका थिए। सो विधेयक सभामुख प्रदीपकुमार भण्डारीले बहुमतले पारित भएको घोषणा गरेका थिए। यसक्रममा विपक्षी दलले प्रस्तुत गरेको […]