स्थानीय व्यवसायहरुको जानकारी दिदै मेरो रेटिङ डटकम, विभिन्न व्यवसायको रिभ्यू हेर्न सकिने

व्यवसायी र उपभोक्तालाई सँगै ल्याउने उद्देश्यका साथ मेरो रेटिङ डटकमले निःशुल्क सेवा दिदै आएको छ । नेपाली नागरिकलाई लक्षित गरेर सन् २०२१ देखि सेवा दिदै आईरहेको मेरो रेटिङ डटकमले नेपालमा रहेका विभिन्न व्यवसायहरुको रिभ्यू प्रदान गर्न दिन्छ । यस साइटले प्रयोगकर्ताहरुले सबैभन्दा राम्रो भोजनालय, घुम्ने ठाउँ, किनमेल गर्ने ठाउँ आदिका बारेमा जानकारी दिने गर्दछ । विभिन्न...

सम्बन्धित सामग्री

फिचले नेपालको कन्ट्री रेटिङ गर्दै, कसरी गरिन्छ ?

विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये एक फिच रेटिङ्सले नेपालको सार्वभौम क्रेडिट रेटिङ (कन्ट्री रेटिङ) गर्ने भएको छ । आगामी तीन महिनाभित्र नेपालको कन्ट्री रेटिङ सम्पन्न गर्नेगरी तयारी थालिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । कुनै मुलुकको ऋण योग्यता (क्रेडिट वर्दिनेस) तथा लगानीको वातावरणको स्वतन्त्र मूल्यांकनका लागि सार्वभौम क्रेडिट रेटिङ गरिन्छ । क्रेडिट रेटिङ एजेन्सीहरुले […]

हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल हुने

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० आयोजना हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता बुधबार सुरु भएर मंसिर १७ गतेसम्म चल्ने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी १ सय २० जना खेलाडीले सहभागिता […] The post हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल हुने first appeared on हाम्रो खेलकुद.

काठमाडौं मेरियटलाई खाद्य स्वच्छता मूल्यांकनमा ‘ए’ रेटिङ

काठमाडौं । होटल काठमाडौं मेरियटले खाद्य स्वच्छता मूल्यांकनमा ‘ए’ तहको रेटिङ पाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटलको अनुगमन गरेर उक्त मूल्यांकन गरेको होटलका मल्टि प्रोपर्टी डिरेक्टर वरुण कर्माले जानकारी दिए । उनले होटल स्वच्छताका विषयमा सधै संवेदनशील हुँदै आएको बताए ।  पाँचतारे ‘काठमाडौं मेरियट होटल’ २०७६ साउनदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । काठमाडौं मेरियटलाई विश्वभर रहेका पर्यटकीय गन्तव्य र होटलबारे समीक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलरर्स च्वाइस अवार्ड’ प्रदान गरेको थियो । होटलले सेवा र गुणस्तरीयताका अन्य अवार्डसमेत प्राप्त गर्दै आएको जानकारी दिएको छ ।

सानिमा क्यापिटललाई इक्राको ‘एएमसी थ्री प्लस’ रेटिङ

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सानिमा क्यापिटलले विगतमा प्राप्त गरेको गुणस्तर रेटिङमा थप सुधार भएको जानकारी दिएको छ । यसअघि ‘एएमसी थ्री’ गुणस्तर पाएको सानिमा क्यापिटलको रेटिङ बढेर ‘एएमसी थ्री प्लस’ पुगेको हो । इक्राले सानिमाको व्यवस्थापन गुणस्तरमा सुधार भएकोले रेटिङमा परिवर्तन भएको बताएको छ । व्यवस्थापन योजना, कानूनी पालना, वित्तीय कार्य सम्पादन तथा भविष्यको कार्य सम्पादनसँग भने रेटिङको कुनै सम्बन्ध नरहेको कम्पनीको भनाइ छ । इक्राले एएमसी वानदेखि एएमसी फाइभसम्म रेटिङ गर्दै आएको जानकारी दिएको छ, जसमा एएमसी वानले अति उच्च व्यवस्थापन गुणस्तर र एएमसी फाइभले कमजोर व्यवस्थापन देखाउँछ । गुणस्तर रेटिङमा २, ३ र ४ अंकमा प्रयोग गरिने (जोड) चिह्नले त्यस वर्गमा भएको तुलनात्मक सुधारको संकेत गर्ने कम्पनीको भनाइ छ ।

आगामी आर्थिक वर्ष नेपालले  ‘क्रेडिट रेटिङ’ सम्पन्न गर्ने

सरकारले आगामी आर्थिक वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गर्ने भएको छ । सरकारले नीति तथा कार्यक्रमको योजनामै समेटेर आगामी आर्थिक वर्ष क्रेडिट रेटिङ सम्पन्न गर्ने जानकारी दिएको हो ।राष्ट्रपति भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्, ‘आगामी वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गरिने छ ।’ हालसम्म नेपालको अर्थतन्त्रको क्रेडिट रेटिङ गरिएको छैन ।फलस्वरूप नेपालको अर्थतन्त्रको जोखिम वहन क्षमता र भारवहन क्षमताबारे जानकारी मिलेको छैन । त्यसैले

हिमालयन हाइड्रोपावरले गरायो इक्रा नेपालमा रेटिङ

वैशाख २, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेड इक्रा नेपालमा रेटिङ गराएको छ ।  इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाएको कम्पनीहरु समयमा वित्तीय दायित्वा पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ ।  यस्ता कम्पनीहरुमा उच्च क्रेडिट जोखिम रहेको भन्ने बुझिन्छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य के्रडिट विश्वसनिया सम्बन्धी राय मात्र हो । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले जानकारी दिएको छ ।  साथै, कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि  निष्कासन गर्नेछ, त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

नेपालमा तेस्रो रेटिङ कम्पनी सञ्चालनमा

काठमाडौं (अस) । नेपालमा तेस्रो रेटिङ कम्पनी सञ्चालनमा आएको छ । नेपाल धितोपत्र बोर्डले चैत ६ गते इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडलाई क्रेडिट रेटिङ संस्थाको अनुमतिपत्र प्रदान गरेको हो । भारतको रेटिङ एजेन्सी इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ प्रालिको सहायक कम्पनीको रूपमा स्थापित उक्त कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ रहेको छ । क्रेडिट रेटिङ नियमावली २०६८ अनुसार नेपालमा क्रेडिट रेटिङ कम्पनी स्थापना गर्न विदेशमा रेटिङ सम्बन्धी काम गरेको संस्थाको साझेदारी अनिवार्य गरिएको छ । सोही बमोजिम कम्पनीको ५१ प्रतिशत शेयर हिस्सा इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ प्रालिको रहेको छ भने नियम अनुसार बाँकी हिस्सा अन्य स्थानीय साझेदारको रहेको छ । नेपाल राष्ट्र बैंकले ५० करोडभन्दा बढीको ऋणका लागि समेत रेटिङ गराउनुपर्ने व्यवस्था गरेसँगै नेपालमा थप नयाँ रेटिङ कम्पनीको आवश्यकता परेको बताइएको छ । कम्पनीको कार्यालय बानेश्वर हाइटमा रहेको छ । कम्पनीको सेवा सहज एवं गुणस्तरीय हुने इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका प्रमुख कार्यकारी अधिकृत रविन पुडासैनीले जानकारी दिए । उक्त कम्पनीसहित हाल नेपालमा रेटिङ कम्पनीको संख्या तीन पुगेको छ । यसअघि केयर रेटिङ नेपाल र इक्रा नेपाल सञ्चालनमा थिए ।

नेपाल पुनर्बीमा कम्पनीले इक्रा नेपालबाट पायो इक्राएनपी आईआर एए माइनस रेटिङ

कात्तिक १६, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको छ ।  इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आइआर एए माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च मात्रमा सुरक्षित रहेको देखाउँछ ।  यस्ता नियकाहरुमा ज्यार्द न्यून क्रेडिट जोखिम रहेको इक्रा नेपालले जानकारी गराएको छ । उक्त रेटिङ निष्कासनकर्ताको समान्य क्रेडिट विश्वसनियतासम्बन्धी रायमात्र भएको पनि इक्रा नेपालले बताएको छ । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको उसले बताएको छ ।

विद्युत प्राधिकरणको क्रेडिटरेटिङ गरिने

काठमाडौं। आगामी आर्थिक वर्षमा सरकारले विद्युत प्राधिकरणको क्रेडिट रेटिङ गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले अर्को वर्ष प्राधिकरणको क्रेडिट रेटिङ गर्ने जानकारी दिएका हुन्। नेपालको पूँजीबजार व्यवस्थाअनुसार नेपालमा प्राथमिक सेयर निष्कासन गर्न अनिवार्य क्रेटिङ रेटिङ गर्नुपर्छ।