वैशाख २, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेड इक्रा नेपालमा रेटिङ गराएको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाएको कम्पनीहरु समयमा वित्तीय दायित्वा पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ ।
यस्ता कम्पनीहरुमा उच्च क्रेडिट जोखिम रहेको भन्ने बुझिन्छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य के्रडिट विश्वसनिया सम्बन्धी राय मात्र हो । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले जानकारी दिएको छ ।
साथै, कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि निष्कासन गर्नेछ, त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।