नेपालमा तेस्रो रेटिङ कम्पनी सञ्चालनमा

काठमाडौं (अस) । नेपालमा तेस्रो रेटिङ कम्पनी सञ्चालनमा आएको छ । नेपाल धितोपत्र बोर्डले चैत ६ गते इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडलाई क्रेडिट रेटिङ संस्थाको अनुमतिपत्र प्रदान गरेको हो । भारतको रेटिङ एजेन्सी इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ प्रालिको सहायक कम्पनीको रूपमा स्थापित उक्त कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ रहेको छ । क्रेडिट रेटिङ नियमावली २०६८ अनुसार नेपालमा क्रेडिट रेटिङ कम्पनी स्थापना गर्न विदेशमा रेटिङ सम्बन्धी काम गरेको संस्थाको साझेदारी अनिवार्य गरिएको छ । सोही बमोजिम कम्पनीको ५१ प्रतिशत शेयर हिस्सा इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ प्रालिको रहेको छ भने नियम अनुसार बाँकी हिस्सा अन्य स्थानीय साझेदारको रहेको छ । नेपाल राष्ट्र बैंकले ५० करोडभन्दा बढीको ऋणका लागि समेत रेटिङ गराउनुपर्ने व्यवस्था गरेसँगै नेपालमा थप नयाँ रेटिङ कम्पनीको आवश्यकता परेको बताइएको छ । कम्पनीको कार्यालय बानेश्वर हाइटमा रहेको छ । कम्पनीको सेवा सहज एवं गुणस्तरीय हुने इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका प्रमुख कार्यकारी अधिकृत रविन पुडासैनीले जानकारी दिए । उक्त कम्पनीसहित हाल नेपालमा रेटिङ कम्पनीको संख्या तीन पुगेको छ । यसअघि केयर रेटिङ नेपाल र इक्रा नेपाल सञ्चालनमा थिए ।

सम्बन्धित सामग्री

एनएमबि बैंकको रेटिङ बढ्यो

काठमाडौं (अस) । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको रेटिङमा स्तरोन्नति गरेको छ । विगतको रेटिङलाई स्तरोन्नति गरी कम्पनीले ‘इक्राएनपी–आईआरए’ रेटिङ प्रदान गरेको बैंकले बताएको छ । विगतका वर्षमा विभिन्न वित्तीय संस्थासँग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, बैंकको कर्जा गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जाललगायतका कारणले उक्त रेटिङ प्रदान गरिएको बताइएको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्था समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा एकदमै सुरक्षित मानिन्छन् । साथै कर्जा जोखिम पनि न्यून हुने मानिन्छ । इक्रा नेपाल लिमिटेड भारतस्थित इक्रा लिमिटेड अफ इन्डियाको सहायक कम्पनीको रूपमा नेपालमा दर्ता भएको हो । यसले धितोपत्र बोर्डबाट स्वीकृति लिएर रेटिङ एजेन्सीको रूपमा काम गर्दै आएको छ ।

हिमालयन हाइड्रोपावरले गरायो इक्रा नेपालमा रेटिङ

वैशाख २, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेड इक्रा नेपालमा रेटिङ गराएको छ ।  इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाएको कम्पनीहरु समयमा वित्तीय दायित्वा पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ ।  यस्ता कम्पनीहरुमा उच्च क्रेडिट जोखिम रहेको भन्ने बुझिन्छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य के्रडिट विश्वसनिया सम्बन्धी राय मात्र हो । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले जानकारी दिएको छ ।  साथै, कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि  निष्कासन गर्नेछ, त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

तेस्रो रेटिङ कम्पनीलाई अनुमति

नेपालमा तेस्रो क्रेडिट रेटिङ कम्पनी सञ्चालनमा आएको छ। विगत लामो समयदेखि पूर्वाधार तयार गरी क्रेडिट रेटिङ व्यवसाय गर्न आवेदन दिएर प्रतीक्षा सूचीमा रहेको इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङ संस्थाको अनुमतिपत्र प्...

प्रभु बैंकको ऋणपत्रले पायो एनपी एलबीबीबी रेटिङ

भदौ २९, काठमाडौं । प्रभु बैंकले ऋणपत्र निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ ।  कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि रेटिङ गराएको हो । कम्पनीले निष्कासन गर्न लागेको ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी एलबीबीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले ऋणपत्रलाई मध्यम कर्जा जोखिम रहेको देखाउँछ ।  कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र ऋणपत्र निष्कासन गर्नेछ ।

मिर्मिरे लघुवित्तको एफपीओ निष्कासन प्रक्रिया शुरु, इक्रा नेपालमा रेटिङ सम्पन्न

असार २४, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ ।  कम्पनीले इक्रा नेपालमा रेटिङ गराएसँगै एफपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले निष्कासन गर्ने एफपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ ।यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्य रहेको देखाउँछ । साथै कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि देखाउँछ । कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा गरिरहेको छ ।  उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्टसँग सम्झौता गरिसकको छ । आवश्यक प्रक्रिया पुरा गरेर  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र  एफपीओ निष्कासन गर्नेछ । कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको छ । नागवेली लघुवित्त  नेप्सेमा सूचीकृत कम्पनी हो भने स्वेडा लघुवित्त सूचीकृत कम्पनी होइन । सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्नु पर्ने कानूनी प्रावधान रहेको छ ।

उपकार लघुवित्तको आईपीओ निष्कासन प्रक्रिया शुरु, इक्रा नेपालमा रेटिङ सम्पन्न

असार १६, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको हो । इक्रा नेपालले कम्पनीले निष्कासन गर्ने आईपीओलाई आईआर बीबी रेटिङ प्रदान गरेको छ ।  यस्तो रेटिङले कम्पनीले समयमा दायित्त पुरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ ।  कम्पनीले १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको छ ।आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. ५ करोड ४६ लाख पुग्नेछ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन हुनेछ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड ४ लाख ५२ हजार नाफा कमाएको छ ।गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू.१ करोड ३६ लाख नोक्सानीमा थियो । चालू आवकोतेस्रो त्रैमासमा रू. ४२ करोड ४७ लाख २२ हजार खराब कर्जा उठाउन उठाएको  र खुद ब्याज आम्दानीमा वृद्धि पनि भएकाले कम्पनीले  नाफामा वृद्धि गरेको हो ।  सो अवधिमा कम्पनीले जगेडामा रू. ११ करोड ९२ लाख १३ हजार सञ्चित गरेको छ ।

विद्युत प्राधिकरणको क्रेडिटरेटिङ गरिने

काठमाडौं। आगामी आर्थिक वर्षमा सरकारले विद्युत प्राधिकरणको क्रेडिट रेटिङ गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले अर्को वर्ष प्राधिकरणको क्रेडिट रेटिङ गर्ने जानकारी दिएका हुन्। नेपालको पूँजीबजार व्यवस्थाअनुसार नेपालमा प्राथमिक सेयर निष्कासन गर्न अनिवार्य क्रेटिङ रेटिङ गर्नुपर्छ।

एशियन एनक्याप ५ स्टार रेटिङ पाउन सफल ‘प्रोटोन एक्स७०’ नेपाली बजारमा

काठमाडौं । जगदम्बा मोटर्सले चर्चित मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक गर्ने भएको छ । जगदम्बा मोटर्सले वैशाख १५ गते भर्चुअल माध्यमबाट ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । सुरक्षाका सम्पूर्ण मापदण्ड र प्रकृयालाई विशेष ध्यान दिएर तयार गरिएको ‘प्रोटोन एक्स७०’ को रिफाइन मोडल सुरक्षाको दृष्टिकोणले एशियन एनक्याप ५ स्टार रेटिङ पाउन सफल एसयूभी भएको कम्पनीले जनाएको छ । यस गाडीलाई सुरक्ष