कात्तिक १६, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आइआर एए माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च मात्रमा सुरक्षित रहेको देखाउँछ ।
यस्ता नियकाहरुमा ज्यार्द न्यून क्रेडिट जोखिम रहेको इक्रा नेपालले जानकारी गराएको छ । उक्त रेटिङ निष्कासनकर्ताको समान्य क्रेडिट विश्वसनियतासम्बन्धी रायमात्र भएको पनि इक्रा नेपालले बताएको छ । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको उसले बताएको छ ।