काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सानिमा क्यापिटलले विगतमा प्राप्त गरेको गुणस्तर रेटिङमा थप सुधार भएको जानकारी दिएको छ । यसअघि ‘एएमसी थ्री’ गुणस्तर पाएको सानिमा क्यापिटलको रेटिङ बढेर ‘एएमसी थ्री प्लस’ पुगेको हो । इक्राले सानिमाको व्यवस्थापन गुणस्तरमा सुधार भएकोले रेटिङमा परिवर्तन भएको बताएको छ । व्यवस्थापन योजना, कानूनी पालना, वित्तीय कार्य सम्पादन तथा भविष्यको कार्य सम्पादनसँग भने रेटिङको कुनै सम्बन्ध नरहेको कम्पनीको भनाइ छ ।
इक्राले एएमसी वानदेखि एएमसी फाइभसम्म रेटिङ गर्दै आएको जानकारी दिएको छ, जसमा एएमसी वानले अति उच्च व्यवस्थापन गुणस्तर र एएमसी फाइभले कमजोर व्यवस्थापन देखाउँछ । गुणस्तर रेटिङमा २, ३ र ४ अंकमा प्रयोग गरिने (जोड) चिह्नले त्यस वर्गमा भएको तुलनात्मक सुधारको संकेत गर्ने कम्पनीको भनाइ छ ।