प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणको लागि आफू प्रतिपक्षी दल नेकपा एमालेसँग बसिबसी, उठीउठी जहाँ पनि कुरा गर्न तयार रहेको बताएका छन् । प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनेक्रममा राईले यस्तो बताएका हुन् । प्रदेशसभामा बोल्ने अधिकांश एमाले सांसदहरुले प्रदेशको नामाकरण टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । ‘प्रदेशको नामको विषयमा आफूले प्रष्ट रुपमा राख्दा राख्दै पनि यहाँ पटकपटक त्यही कुरा ? नामलाई महत्वपूर्ण कामको रुपमा