प्रुडेन्सियल इन्स्योरेन्सले कमायो रू. ७ करोड ७ लाख नाफा, प्रतिशेयर आम्दानी रू. १२.७७

माघ २८, काठमाडौं । प्रडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ६ महीना (दोस्रो त्रैमास) मा रू. ७ करोड ७ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ७ करोड ३५ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा नाफा ३ प्रतिशतले कमी आएको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १२ करोड ५९ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू.१२ करोड २५ लाखमा झरेको छ ।  त्यसैगरी, कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड रहेको छ भने जगेडामा रू. ३० करोड २० लाख र बीमा कोषमा रू. ५७ करोड २३ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले कुल रू. ६७ करोड ९ लाख बीमा शुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ३ प्रतिशतले वृद्धि भएको हो ।  गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले कुल रू. ६५ करोड १० लाख बीमाशुल्क आर्जन गरेको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ हजार २३३ जनालाई रू. ३२ करोड ८६ लाख दाबी भुक्तानी गरेको छ भने २ हजार ५७० जनालाई रू. ४७ करोड १४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।  त्यसैगरी, कम्पनीको चालू आवको दास्रो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी रू. १२ दशमलव ७७, मूल्य आम्दानी अनुपात ५८ दशमलव ३३ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८० दशमलव ६८ रहेको छ । 

सम्बन्धित सामग्री

१२ महीनामा राधी विद्युतको वित्तीय आम्दानी करीब ८ करोड

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म राधी विद्युत कम्पनी लिमिटेडले ७ करोड ७१ लाख रुपैयाँभन्दा बढी वित्तीय आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको वित्तीय आम्दानी उल्लेख्य मात्रामा बढेको हो ।अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ३४ लाख रुपैयाँभन्दा बढी मात्र वित्तीय आम्दानी गरेको थियो । वित्तीय आम्दानी उल्लेख्य मात्रामा बढाएको कम्पनीको खुद नाफा अघिल्लो वर्षभन्दा १२१ दशमलव ३३ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ५ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ११ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । कम्पनीको विद्युत विक्री आम्दानी भने अघिल्लो वर्षभन्दा करिब ५ प्रतिशत कम १२ करोड ८४ लाख रुपैयाँभन्दा बढी भएको छ । वित्तीय खर्च भने अघिल्लो वर्षभन्दा करीब ३३ प्रतिशत कम अर्थात् १ करोड ४२ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ५९ लाख ७९ हजार रुपैयाँ छ । अदर इक्वीटी अघिल्लो वर्षभन्दा करीब १५८ प्रतिशत बढी अर्थात् ३४ करोड ४३ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । दीर्घकालीन कर्जा ९ करोड ७३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा ५ करोड ७ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक ६ रुपैयाँ ७३ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ५४ पैसा छ ।

एनआरएन जापानद्वारा १२औं नेपाल फेस्टिवलको आयव्यय सार्वजनिक

टोक्योमा आयोजना भएको यस वर्षको नेपाल फेस्टिवलमा २ करोड ९४ लाख ५ हजार ५ सय ५५ ऐन आम्दानी भएकोमा १ करोड ५५ लाख ९५ हजार ४ सय ८५ ऐन खर्च र ७ लाख ७० हजार उठन बाँकी हुँदा २१ लाख ७५ हजार भन्दा बढी बचत गर्न सफल भएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष तथा नेपाल फेस्...

चैत मसान्तसम्ममा सानिमा लार्ज क्याप फण्ड रू. ४ करोड ७ लाख नोक्सानीमा

वैशाख १४, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले चैत मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा उक्त फण्ड रू.४ करोड ७ लाख नोक्सानीमा रहेको छ । गत फागुन मसान्तसम्मममा भने फण्डले रू. ५९ लाख ७३ हजार नाफा कमाएको थियो । चैत महीनामा खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू.२ करोड ३६ लाख ऋणात्मक रहेकाले फण्ड नोक्सानीमा रहेको हो । फागुन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २ करोड १२ लाख थियो । त्यसैगरी फण्डको फागुन मसान्तसम्ममा जम्मा रू.  १ करोड ५२ लाख खर्च रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.१ करोड ७० लाख पुगेको छ । त्यसैगरी फण्डको एनएभी पनि फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्मा फण्डको एनएभी रू. १० दशमलव २० रहेकोमा चैत मसान्तसम्ममा रू. ९ दशलव ८२ कायम भएको छ। फण्डको सूचीकृत शेयरमा लगानी भने बढेको छ । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ५९ करोड ९४ लाख लगानी रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.६१ करोड २९ लाख पुगेको छ ।

प्रभु सेलेक्ट फण्डले कमायो ६ करोड ३४ लाख नाफा

चैत १५, काठमाडौं । प्रभु म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तसम्ममा रू.६ करोड ३४ लाख नाफा कमाएको हो । यो नाफा माघ मसान्तको तुलनामा भने ३३ प्रतिशत घटेको हो । फण्डले माघ मसान्तसम्ममा  रू. ९ करोड ५१ लाख नाफा कमाएको थियो । फागुन मसान्तसम्ममा फण्डको आम्दानी घटेसँगै नाफा पनि घटेको हो । माघ मसान्त सम्ममा फण्डले रू.१० करोड ९ लाख आम्दानी गरेकोमा फागुन मसान्तसम्ममा रू. ७ करोड ९२ लाख मा झरेको हो । त्यसैगरी फण्डको एनएभी पनि माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तसम्ममा फण्डको एनएभी रू.१० दशलमव ७० रहेकोमा फागुन मसान्तसम्ममा रू. १० दशमलव ४५ कायम भएको छ । त्यसैगरी फागुन मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा लगानी रू. ५४ करोड ७ लाख रहेको छ । यो लगानी माघ मसान्तसम्ममा रू. ५८ करोड ८२ लाख थियो ।

दोस्रो त्रैमासमा साना किसान लघुवित्तले कमायो रू. ३२ करोड ३८ लाख नाफा

माघ २७, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ३२ करोड ३८ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २ दशमलव ७८ प्रतिशत वृद्धि भएको हो ।  गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ३१ करोड ५० लाख नाफा कमाएको थियो । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ६० लाख ४४ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६१ करोड ८३ लाख पुगेको हो ।  प्रतिशेयर आम्दानी भने गत आवको तुलनामा चालू आवमा घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५० दशमलव ५३ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४१ दशलमव ५४ मा झरेको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५६ करोड रहेको छ भने जगेडामा रू. १ अर्ब ४५ करोड, रिटेण्ड अर्निङमा रू. ८० करोड ७ लाख र शेयर प्रिमियममा रू. १ करोड ८२ लाख सञ्चित गरेको छ ।  कम्पनीको मूल्य आम्दानी अनुपात ३४ दशमलव ६२ गुणा, तरलता अनुपात २ दशमलव ४० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २४५ दशमलव ५२ रहेको छ ।  यो पनि हेर्नुस् : तेस्रो त्रैमाससम्म साना किसान लघुवित्तको नाफा साढे ४६ करोड साना किसान लघुवित्तले २ करोड ८६ लाख खराब कर्जा उठायो

तरकारी खेतीबाटै वार्षिक ५ करोड आम्दानी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मीना नेपालको बारीमा लटरम्म गोलभेँडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ गोलभेँडा टिप्दै गरेकी नेपालले भनिन्, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर यो वर्ष ७ लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले ४ रोपनी बारीमा गोलभेँडा रोपेकी छिन् । नेपाल मात्रै होइन, डडुवाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् । ठूलो क्षेत्रफलमा गोलभेँडा लगाउँदै आएका सोही ठाउँका उद्धव नेपालको परिवारले २५ लाखको गोलभेँडा कात्तिक यताबाट मात्र बेचिसकेको छ । ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै गोलभेँडा उठाउन आउँछन् ।’ उनीहरूले अहिले गोलभेँडा र काउलीलगायत सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका छन् । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडाध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार डडुवाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक ५ करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । ‘गतवर्ष गोलभेँडा, काउली लगायत सिजनअनुसारका तरकारी बेचेर यो वडाबाट ५ करोड रुपैयाँ गाउँ भित्रिएको तथ्यांक छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो वर्ष कृषि पकेट क्षेत्रका लागि साढे २ लाख नगरपालिकाबाट अनुदान आयो, साढे २ लाख वडाले बजेट विनियोजन गरेको छ । यसले आम्दानी झन् बढ्ने अनुमान छ ।’ सो रकमबाट वडाभरका वडाबाट किसानलाई ४ हजार प्याकेटको तरकारीको बीउ अनुदानमा दिएको उनले बताए । डडुवा, रानीटार र झुलेटारका ३ सय घरधुरीले गोलभेँडा लगाएका छन् । हरेक दिन दिउँसो ४ बजेपछि गोलभेँडा लगायतको तरकारी बोकेर दैनिक ५ देखि ११ ओटासम्म गाडी काठमाडौं जान्छन् । कम्तीमा दैनिक सात सय क्रेट यहाँका किसानले फलाएका गोलभेँडा काठमाडौंदेखि चितवन हुँदै झापासम्म पुग्ने गरेको छ । किसानको गोलभेँडा लिन व्यापारीहरू गाडी लिएर गाउँमै आउने गरेको वडाध्यक्ष श्रेष्ठले बताए । यहाँका किसानको गोलभेँडा फलाउने तरिका अलि फरक छ । किसानहरूले मकै दोर्‍याउने बेला गोलभेँडाका बिरुवा रोप्ने गर्छन् । पात लाछ्ने, मकै पाक्ने बेला बोटको टुप्पो काट्ने र मकै भाँच्ने गर्छन् । बाँकी ढोड गोलभेँडालाई थाक्रो हुन्छ । यसले गोलभेँडा खेतीका लागि टनेल, थाक्रो हाल्ने लगानी गर्नुपर्दैन । यसो गर्दा एकै पटक मकै र गोलभेँडाको उत्पादन हुने कृषक कृष्णप्रसाद नेपालले बताए । विनासिँचाइ यहाँको माटोमा गोलभेँडा फल्ने गरेको उनले बताए ।

तरकारी खेतीबाटै वार्षिक ५ करोड आम्दानी

मंसिर २९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मिना नेपालको बारीमा लटरम्म गोलभेंडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ’, गोलभेडा टिप्दै गरेकी नेपालले भनिन् ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ दुई चार पैसाका निम्ति निकै कष्ट भोगेकी नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेडा बेचेर यो वर्ष ७ लाख घर भित्रिने अनुमान छ । अहिले उनले ४ रोपनी बारीमा गोलभेडा रोपेकी छिन् ।  ‘श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासु ससुरा काम गर्न सक्नुहुन्न । रेखदेख मेरै हो,’ उनले भनिन् ‘विदाको समयमा सहयोग श्रीमानले पनि सहयोग गर्नुहुन्छ । अरुबेला आफैं खटिन्छु ।’ खेताला, बीउविजन, औषधी गर्दा डेढ लाख जति लगानी परेको उनी बताउँछिन् । नेपाल मात्रै होईन डडुवाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् । ठूलो क्षेत्रफलमा गोलभेंडा लगाउँदै आएका सोहि ठाउँका उद्धव नेपालको परिवारले २५ लाखको गोलभेंडा कात्तिक यताबाट मात्र बेचिसकेको छ । ‘विक्री नहुने सम्भावना नै छैन’, उनले भने ‘बारीमै गोलभेंडा उठाउन आउँछन् ।’  उनीहरुले अहिले गोलभेंडा र काउलीलगायत सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका छन् । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाई खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार डडुवाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक ५ करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । ‘गत वर्ष गोलभेंडा, काउली लगायत सिजनअनुसारका तरकारी बेचेर यो वडाबाट ५ करोड रुपैयाँ गाउँ भित्रिएको तथ्यांक छ’, अध्यक्ष श्रेष्ठले भने ‘यो वर्ष कृषि पकेट क्षेत्रको लागि साढे २ लाख नगरपालिकाबाट अनुदान आयो, साँढे २ लाख वडाले बजेट विनियोजन गरेको छ । यसले आम्दानी झन् बढ्ने अनुमान छ ।’ सो रकमबाट वडाभरका वडाबाट किसानहरुलाई ४ हजार प्याकेटको तरकारीको बीउ अनुदानमा दिएको उनले बताईन् । डडुवा, रानीटार र झुलेटारका ३०० घरधुरीले गोलभेडा लगाएका छन् । हरेक दिन दिउँसो ४ बजेपछि गोलभेडा लगायतको तरकारी बोकेर दैनिक ५ देखि ११ ओटासम्म गाडी काठमाडौं जान्छन् । कम्तीमा दैनिक ७०० क्रेट यहाँका किसानले फलाएका गोलभेंडा काठमाडौंदेखि चितवन हुँदै झापासम्म पुग्ने गरेको छ । गाडी लिएर किसानको गोलभेंडा लिन व्यापारीहरु गाँउमानै आउने गरेको वडाध्यक्ष श्रेष्ठले बताए । यहाँका किसानको गोलभेंडा फलाउने तरिका अलि फरक छ । किसानहरुले मकै दोर्‍याउने बेला गोलभेंडाका विरुवा रोप्ने गर्छन् । पात लाछ्ने, मकै पाक्ने बेला बोटको टुप्पो काट्ने र मकै भाँच्ने गर्छन् । बाँकी ढोड गोलभेंडालाई थाक्रो हुन्छ । यसले गोलभेंडा खेतीका लागि टनेल, थाक्रो हाल्ने लगानी गर्नु पर्दैन । यसो गर्दा एकै पटक मकै र गोलभेंडाको उत्पादन हुने कृषक कृष्णप्रसाद नेपालले बताइन् । बिना सिँचाई यहाँको माटोमा गोलभेंडा फल्ने गरेको उनले बताए ।  यो क्षेत्र समुन्द्री सतहबाट १ हजार ४०० मिटरको उचाईमा छ । दक्षिण पटी फर्केको जमिन, रातो र कालो मिसिएको माटो तरकारीका लागि उर्वर मानिएको छ । डडुवा, रानीटार र झुलेटारका ३०० घरधुरी हरेक परिवारले मकै भित्र रोपेका गोलभेंडाले अहिले आम्दानी गरिरहेका छन् । सामान्य रुपमा गोलभेंडा रोपेका परिवारले पनि यो समय कम्तीमा १ लाख आम्दानी गरेका छन् ।

सिद्धार्थ इन्स्योरेन्सले कमायो ५ करोड ४३ लाख नाफा, प्रतिशेयर आम्दानी रू. १९.४१

मंसिर १, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवमा रू. ५ करोड ४३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ७ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. ५ करोड ७ लाख नाफा कमाएको थियो ।  चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड रहेको छ । चालू आवमा कम्पनीले जगेडामा रू. ३६ करोड ७५ लाख ६४ हजार र बीमा कोषमा रू. १ अर्ब २ करोड ३३ लाख सञ्चित गरेको छ ।  त्यसैगरी चालू आवमा कम्पनीले रू. ६९ करोड ९७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा ६ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीको प्रतिशेयर आम्दानी रू.१९ दशमलव ४१(वार्षिक), मूल्य आम्दानी अनुपात ४४ दशमलव ९३ गुणा र प्रतिशेयर नेटवर्थ रू. २३१ दशमलव १८ रहेको छ ।   यो पनि हेर्नुस् : ६ महीनामा सिद्धार्थ इन्स्योरेन्सको नाफा ४९ प्रतिशतले वृद्धि सिद्धार्थ इन्स्योरेन्स लिमिटेडद्वारा १५ .७८ % लाभांश घोषणा सिद्धार्थ इन्स्योरेन्सको नाफा २२.६७ % वृद्धि १ अर्ब बढी बीमाशुल्क आर्जन गरेको सिद्धार्थ इन्स्योरेन्सको नाफामा भने कमी