माघ २७, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ३२ करोड ३८ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २ दशमलव ७८ प्रतिशत वृद्धि भएको हो ।
गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ३१ करोड ५० लाख नाफा कमाएको थियो । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ६० लाख ४४ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६१ करोड ८३ लाख पुगेको हो ।
प्रतिशेयर आम्दानी भने गत आवको तुलनामा चालू आवमा घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५० दशमलव ५३ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४१ दशलमव ५४ मा झरेको हो ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५६ करोड रहेको छ भने जगेडामा रू. १ अर्ब ४५ करोड, रिटेण्ड अर्निङमा रू. ८० करोड ७ लाख र शेयर प्रिमियममा रू. १ करोड ८२ लाख सञ्चित गरेको छ ।
कम्पनीको मूल्य आम्दानी अनुपात ३४ दशमलव ६२ गुणा, तरलता अनुपात २ दशमलव ४० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २४५ दशमलव ५२ रहेको छ ।
यो पनि हेर्नुस् :
तेस्रो त्रैमाससम्म साना किसान लघुवित्तको नाफा साढे ४६ करोड
साना किसान लघुवित्तले २ करोड ८६ लाख खराब कर्जा उठायो