छ महीनामा कर्णाली डेभलपमेन्ट बैंकले कमायो रू. १ करोड ६३ लाखभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म रू. १ करोड ६३ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनी रू. १ करोड ६३ लाख नोक्सानीमा थियो । चालू आवमा इम्पेरिमेन्ट चार्ज घटेको तथा खुद ब्याज आम्दानी वृद्धि भएकाले कम्पनी नाफामा गएको हो । गत आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज रू. ४ करोड ३७ लाख रहेकोमा चालू आवमा घटेर रू. १ करोड १ लाखमा झरेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १४ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीको चुक्तापूँजी रू. ५० करोड २८ लाख रहेको छ  । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. ४ करोड ९३ लाख, रिटेन्ड अर्निङमा रू. ४ करोड ७ लाख र शेयर प्रिमियममा रू. ४ लाख ५८ हजार सञ्चित गरेको छ । सो अवधिमा रू. ४ अर्ब ३९ करोड निक्षेप संकलन गरेको कम्पनीले रू. ३ अर्ब २९ करोड कर्जा लगानी गरेको छ । गत आवमा प्रतिशेयर आम्दानी रू. ३ दशमलव २ ले ऋणात्मक रहेकोमा नाफामा सुधार आएसँगै चालू आवमा रू. ३ दशमलव २६ ले धनात्मक भएको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ९४ दशमलव ९१ गुणा, तरलता अनुपात ३४ दशलमव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव शून्य १ रहेको छ ।

सम्बन्धित सामग्री

कर्णाली डेभलपमेन्ट बैंकले चौथो त्रैमाससम्म कमायो ४ करोडभन्दा बढी नाफा

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म ३ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नोक्सानी सुधार्दै नाफा गर्न सफल भएको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज घट्दा सञ्चालन नाफासँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो । अघिल्लो वर्ष ३ करोड १५ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष १ करोड ३८ लाख रुपैयाँभन्दा बढी मात्र रहेको हो । अघिल्लो वर्ष सो अवधिसम्म ३ करोड ७९ लाख रुपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको यो कम्पनी गत वर्ष भने ४ करोड ४३ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफामा गएको हो ।  गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ४९ करोड ३ लाख रुपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्ता पूँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ ७ करोड २६ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम १७ करोड ४९ लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो वर्षभन्दा करीब ३ प्रतिशत बढी ४ अर्ब ६० करोड ९२ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ दशमलव ३४ प्रतिशत बढी ३ अर्ब ३७ करोड ५ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३ दशमलव ४ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर ३ दशमलव ९२ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४३ पैसा छ ।

यो वर्ष कर्णाली डेभलपमेन्ट बैंक करीब २ करोड नोक्सानीमा

जेठ १२, काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।  बिहीवार सार्वजनिक भएको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार कम्पनी रू. १ करोड ९२ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. १ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष नोक्सानीमा गएको हो ।  यस वर्ष कुल सञ्चालन आम्दानी १७ प्रतिशत कम भएको र इम्पेरमेण्ट चार्ज १७ दशमलव ३६ प्रतिशत बढी भएकाले कम्पनीले खुद नोक्सानी व्यहोर्नु परेको हो । गत वर्ष रू. ११ करोड ८५ लाखभन्दा बढी कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ९ करोड ८३ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । त्यस्तै गत वर्ष रू. २ करोड ९७ लाख इम्पेरमेण्ट चार्ज रहेको कम्पनीको यस वर्ष रू. ३ करोड ४९ लाखभन्दा बढी रहेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड २८ लाख ३०  हजार छ । रिटेन्ड अर्निग रू. १० करोड ४३ लाखभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने ५४७ प्रतिशत बढेर रू. १४ करोड ४५ लाखभन्दा बढी कायम भएको छ ।  यस वर्ष कम्पनीले रू. ४ अर्ब ३९ करोड ७२ लाख निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब २९ करोड ९१ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव १३ प्रतिशत रहेकोमा यस वर्ष ३ दशमलव ६८ प्रतिशत पुगेको छ ।  तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ८६ रहेको छ भने ३३ दशमलव ६२ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।                                                    स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

कर्णाली डेभलपमेन्ट बैंक रू. १ करोड ६३ लाख नोक्सानीमा

माघ १०, काठमाडों । कर्णाली डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ६३ लाख ९६ हजार नोक्सानीमा रहेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ८३ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खर्चमा वृद्धि भई सञ्चालन नाफा ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।  कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको हो । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ प्रतिशत वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी रू. ६ करोड ४३ लाख ३६ हजार थियो ।  त्यसैगरी, कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४ अर्ब ५२ करोड  ७४ लाख २८ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब २३ करोड ९५ लाख७९ हजार कर्जा लगानी गरेको हो । चुक्तापूँजी रू. ५० करोड २८ लाख ३० हजार रहेको कम्पनीले जगेडामा रू. ५ करोड ३१ लाख २७ हजार, रिटेन्ड अर्निङमा रू. ४ करोड ४ लाख ५३ हजार र शेयर प्रिमियममा रू. १२ लाख ५२ हजार सञ्चित गरेको छ ।  त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा पनि रू. ५ करोड ३५ लाख ४३ लाख ऋणात्मक रहेको छ ।

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड : कम्पनी विश्लेषण (आइतवार, ३० जेठ २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार १ रुपैयाँले बढेको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३६० कायम भएको छ । यो दिन कम्पनीको ७९ हजार १४२ कित्ता शेयर खरिद बिक्री भएको हो । चालू आवको तेस्रो त्रैमाससम्म रु. १ करोड ४ लाख ३९ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनी रु. ३८ लाख ४९ हजार नोक्सानीमा रहेको थियो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र सञ्चालन नाफामा सुधार आएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ रु. २ दशमलव ०८, मूल्य आम्दानी अनु्पात ९४ दशमलव ८० र प्रतिशेयर नेटवर्थ रु. १०७ दशमलव ५४ पुगेको छ । हालसम्ममा कम्पनीले १८ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । हेर्दा ह्याम्मरजस्तो देखिने यो मैनबत्तीले आगामी बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७८ दशमलव ६८ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्चरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १६ दशमलव ६४ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ३६० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३२४ मा टेवा पाउने देखिन्छ ।