प्रभु सेलेक्ट फण्डले कमायो ६ करोड ३४ लाख नाफा

चैत १५, काठमाडौं । प्रभु म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तसम्ममा रू.६ करोड ३४ लाख नाफा कमाएको हो । यो नाफा माघ मसान्तको तुलनामा भने ३३ प्रतिशत घटेको हो । फण्डले माघ मसान्तसम्ममा  रू. ९ करोड ५१ लाख नाफा कमाएको थियो । फागुन मसान्तसम्ममा फण्डको आम्दानी घटेसँगै नाफा पनि घटेको हो । माघ मसान्त सम्ममा फण्डले रू.१० करोड ९ लाख आम्दानी गरेकोमा फागुन मसान्तसम्ममा रू. ७ करोड ९२ लाख मा झरेको हो । त्यसैगरी फण्डको एनएभी पनि माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तसम्ममा फण्डको एनएभी रू.१० दशलमव ७० रहेकोमा फागुन मसान्तसम्ममा रू. १० दशमलव ४५ कायम भएको छ । त्यसैगरी फागुन मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा लगानी रू. ५४ करोड ७ लाख रहेको छ । यो लगानी माघ मसान्तसम्ममा रू. ५८ करोड ८२ लाख थियो ।   

सम्बन्धित सामग्री

प्रभु सेलेक्ट फण्डको नाफा चैतमा करीब ६ करोड

काठमाडौं । प्रभु म्युचुअल फण्ड (Prabhu Mutual Fund)अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड (Prabhu Select Fund)ले चैत मसान्तसम्म रू. ५ करोड ९४ लाखभन्दा बढी नाफा (Profit) गरेको छ । फागुन मसान्तसम्म रू. ४ करोड ६७ लाखभन्दा बढी नाफा गरेको फण्डले चैत मसान्तसम्ममा भने नाफा बढाएको हो । यो महिना फण्डको जम्मा आम्दानी (Income) रू. ७ करोड ६६ लाखभन्दा बढी रहेको छ । फागुनमा फण्डले रू. ६ करोड १९ लाखभन्दा बढी मात्र जम्मा आम्दानी गरेको थियो । बैंक मुद्दती निक्षेप र धितोपत्रमा भएको फण्डको लगानी (Investment) रू. ८७ करोड ७४ लाखभन्दा बढी छ ।  चैत मसान्तसम्म फण्डले धितोपत्र कमिसनसहित धितोपत्रमा रू. ८४ करोड २५ लाखभन्दा बढी लगानी गरेको छ । धितोपत्रमा फण्डले गरेको लगानीको लागत मूल्यभन्दा बजारमूल्य कम छ । चैत मसान्तसम्म योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य रू. ६९ करोड ४९ लाखभन्दा बढी मात्र छ ।  फागुन मसान्तसम्म प्रतिइकाई खुद मूल्य रू. १० दशमलव १९ रहेको फण्डको चैत मसान्तसम्म यो मूल्य रू. १० दशमलव २९ पुगेको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई विक्री गरेको थियो ।