न्युयोर्कका नेपाली उबर चालकले सन् २०१५ मा भएको एउटा दुर्घटनामा साढे १४ लाख डलर क्षतिपूर्ति पाएका छन् । झण्डै साढे ८ बर्षसम्मको कानूनी लडाईपछि उनले क्षतिपूर्ति पाउन सफल भएका हुन् । सन् २०१५ मा न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा एकजना यात्रु छाडेर फर्कने क्रममा उनको गाडीलाई विमानस्थल नजिकै एयरलाइन्सको शटल बसले ठक्कर दिएको थियो । […]