बीबीसी।मेक्सिकोले अमेरिकी ठूला बन्दुक निर्माता कम्पनीहरुविरुद्ध हतियार तस्करीको आरोप लगाउँदै म्यासाचुसेट्स राज्यमा मुद्दा दायर गरेको छ।मेक्सिकोले स्मिथ एण्ड वीसन्,ब्यारेट फायरआर्मस लगायतका कम्पनीसँग १० अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गरेको छ।उनीहरुकै कारण मेक्सिकोमा रक्त्तपात भएको आरोप समेत मेक्सिकोले लगाएको छ।मेक्सिकोमा तस्करी हुने हतियारमध्ये ७० प्रतिशत अमेरिकी छन्। सन् २०१९ मा मेक्सिकोमा १७ हजारभन्दा बढीको हत्या तस्करबाट भित्रिएका हतियारबाट भएको थियो।