सुदूरपश्चिममा फ्लोर क्रस गर्ने एमाले सांसदलाई के हुन्छ ?

सुदूरपश्चिम प्रदेशमा एमालेका दुवै समूहका सांसदहरू एकले अर्कोलाई फ्लोर क्रसको आरोप लगाउन थालेका छन्। पार्टीको संस्थापन पक्षमा केपी ओली रहेकाले फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदलाई कारबाही हुने आँकलन गरिन थालिएको छ। अध्यक्ष ओलीले दलका नेता शाहलाई स्पष्टीकरण सोधिसकेका छन्।नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा पनि दल परिवर्तन गरेमा वा दलको सदस्यता नरहेमा सांसद पद नरहने व्यवस्था छ। नेपालको संविधानको धारा १८० (ङ) मा ‘जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानुनब

सम्बन्धित सामग्री

पार्टीको ह्वीप विपरित ‘फ्लोर क्रस’ गर्ने कर्णालीका ४ सांसद पदमुक्त

न्युज अफ नेपाल,काठमाडौं । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका चार जना एमाले सांसदलाई पदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । पार्टीको ह्वीपविपरित ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय सदर भएको हो । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले यस्तो आदेश गरेको […]

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पदमुक्त

काठमाडाैं : फ्लोर क्रस गर्ने नेकपा एमाले कर्णाली प्रदेशका चार जना सांसद पदमुक्त भएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले पदमुक्त भएको सूचना पढेर सुनाएका थिए।शाहीले माधव नेपाल समूहका चार जना सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पदमुक्त गरेको जानकारी दिए। उनीहरुले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेका थिए।आइतबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले चार जना सांसदलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पेश गरेका

सचेतक भट्टराई भन्छन्, ‘फ्लोर क्रस गरेको सेकेण्डमै कारबाही हुन्छ’

काठमाडौं। नेकपा (एमाले)का मुख्य सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षले फ्लोर क्रस गरेको केही सेकेण्डमै सांसदलाई कारबाही गरिने बताएका छन्। देखापढीसँग कुरा गर्दै उनले भने, ‘कर्णालीमा फ्लोर क्रस गर्नेलाई कारवाही गरिसकेका छौं। अन्त पनि कहीँकतै फ्लोर क्रस भयो भने तत्कालै कारबाही हुन्छ,’ नेता तथा सांसदहरुको आचरणअनुसार कारबाहीको निर्णय हुने उनले बताए।

'फ्लोर क्रस' गरेका चार सांसद पदमुक्त गर्ने पत्र दर्ता

काठमाडौं। फ्लोर क्रस गरेका चारजना सांसदलाई प्रदेशसभा सदस्यबाट नेकपा एमालेले निष्कासन गरेको छ। प्रदेशसभामा निष्कासनको पत्र दर्ता गरिएको छ। पदमुक्त हुने प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्। सरकारमा प्रकाश ज्वालाबाहेक तीनैजना मन्त्री छन्। वैशाख १० गते बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले सांसद र पार्टीको साधारण सदस्य नहुने गरी निष्कासन गर्ने निर्णय गरेको थियो।

'फ्लोर क्रस' गर्ने कर्णालीका सांसदलाई कारबाही गर्न सिफारिस

सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले 'फ्लोर क्रस' गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासकाे मत पाएलगत्तै बसेको प्रदेशको एमाले संसदीय दल बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको एमालेको कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजङ्ग शाहले जानकारी दिनुभयो ।यस्तै बैठकले प्रदेश सांसद देवी ओलीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सांसद ओलीले मुख्यमन्त्री शाहीको पक्...

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही

काठमाडौं : ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ। मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको हो।शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो।एमाले प्रमुख सचेतक गुलावजंग शाहले दलको बैठकले चार सांसदको पार्टी साधारण सदस्य नरह