'फ्लोर क्रस' गरेका चार सांसद पदमुक्त गर्ने पत्र दर्ता

काठमाडौं। फ्लोर क्रस गरेका चारजना सांसदलाई प्रदेशसभा सदस्यबाट नेकपा एमालेले निष्कासन गरेको छ। प्रदेशसभामा निष्कासनको पत्र दर्ता गरिएको छ। पदमुक्त हुने प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्। सरकारमा प्रकाश ज्वालाबाहेक तीनैजना मन्त्री छन्। वैशाख १० गते बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले सांसद र पार्टीको साधारण सदस्य नहुने गरी निष्कासन गर्ने निर्णय गरेको थियो।

सम्बन्धित सामग्री

माधव नेपालसहित १४ सांसदविरुद्ध केपी ओलीले दायर गरेको मुद्दाको सुनुवाई भएन

माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सोमबारको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको छ ।

कर्णालीका चार सांसद पदमुक्त

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ३ मन्त्रीसहित एमालेका ४ सांसद पदमुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन् । प्रकाश ज्वालाबाहेक तीन जना कर्णाली प्रदेश सरकारमा मन्त्री छन् ।यसअघि एमालेले संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गरेको भन्दै पार्टीबाट […]

लुम्बिनीमा जसपाका तीन सांसद पदमुक्त,  सरकार प्रस्ट अल्पमतमा

कांग्रेस नेतृत्वको गठबन्धनले लुम्बिनीमा यसै साता मुख्यमन्त्री शंकर पोखरेललाई हटाउने तयारी थालेको छ । शुक्रबार जसपाका तीन सांसद पदमुक्त भएलगत्तै मुख्यमन्त्री पोखरेल प्रस्टै अल्पमतमा परेका छन् । ८७ सदस्यीय प्रदेश सभामा विभिन्न समयका...

लुम्बिनीका तीन सांसद पदमुक्त !

काठमाण्डाै – लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त भएका छन् । प्रदेश सभा सचिवालयले आज शुक्रवार सूचना निकालेर जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएका जानकारी गराएको हो ।जसपा केन्द्रीय कार्यालयको निर्णयअनुसार तीन वटा पद मुक्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ । उनीहरू तीनै जना मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारमा मन्त्री हुन् । उनीहरूलाई जसपाले मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो । पार्टीको निर्देशन नमानेको र प्र...

लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त

काठमाडौं, साउन १५ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जना सांसदको पद गुमेको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै उनीहरुलाई पदमुक्त गरेको हो । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् । उनीहरुले प्रदेश सभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने जसपा (उपेन्द्र यादव पक्ष) […]

लुम्बिनीमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त

काठमाडौं : पार्टी निर्णय विपरित लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का चार जना सांसदको पद गुमेको छ। लुम्बिनी प्रदेश सभा सचिवालयले बिहीबार सूचना टाँस गरी चार जना सांसद पदमुक्त भएको जानकारी दिएको छ।पार्टी संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई सांसद पदबाट मुक्त गर्ने निर्णयसहितको पत्र संसद सचिवालयलाई पठाएको थियो।‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा ९२० तथा प्रदेश सभा न

कर्णालीका चार सांसद पदमुक्त

नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेको हो ।पदमुक्त हुने सांसदहरुमा सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख) बाट निर्वाचित अमरबहादुर थापा हुन् […]

कर्णालीमा ४ सांसद पदमुक्त भएसँगै एमाले अल्पमतमा

कर्णाली प्रदेशसभामा एमालेका ४ सांसद पदमुक्त भएका छन् । वैशाख ३ गते पार्टी संसदीय दलको निर्देशनविपरीत ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सांसद पदमुक्त भएको जानकारी सोमबारको प्रदेशसभा बैठकमा दिइयो ।

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पदमुक्त

काठमाडाैं : फ्लोर क्रस गर्ने नेकपा एमाले कर्णाली प्रदेशका चार जना सांसद पदमुक्त भएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले पदमुक्त भएको सूचना पढेर सुनाएका थिए।शाहीले माधव नेपाल समूहका चार जना सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पदमुक्त गरेको जानकारी दिए। उनीहरुले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेका थिए।आइतबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले चार जना सांसदलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पेश गरेका

चार सांसद पदमुक्त

नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको सभामुख अग्निप्रसाद सापाकोटाले जानकारी गराए।