काठमाडौं, १ असार । नेकपा एमाले एकता प्रयास अगाडि बढेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षसँग सशंकित भएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच सहमति बनेर आफूलाई धक्का पर्नसक्ने आशंका गरेको बुझिएको छ । पछिल्लो समय ओली र नेपालबीच सहमति गराउन दुवै खेमाका दोस्रो तहका नेताहरु सक्रिय […]