‘राहत दिन प्रतिस्थापन बजेट’

काठमाडौं, (नेस) ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोरोनाबाट संकटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने योजना, आर्थिक तथा भौतिक विकासलाई जोड दिएर प्रतिस्थापन बजेट आएको बताउनुभएको छ । ललितपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री भुसालले आगामी आवको बजेट पनि राष्ट्रको हित र जनताको भावना सम्बोधन गर्ने […]

सम्बन्धित सामग्री

‘प्रतिस्थापन बजेटले शतप्रतिशत सवारी आयात वृद्धि’

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा शतप्रतिशत सवारी आयात वृद्धि हुनुमा प्रतिस्थापन बजेट नै प्रमुख कारण रहेको बताएका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटका क्रममा अध्यक्ष दुलालले यस्तो बताएका हुन् । उक्त भेटका क्रममा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरुको आयातमा आर्थिक बर्ष २०७६÷०७७ को तुलनामा आर्थिक बर्ष २०७७÷७८

वितरणमुखी रोमाञ्चक प्रतिस्थापन बजेट

पुँजीगत खर्चमा कटौती हुँदा विकास निर्माणका कार्यक्रम नै खुम्चिन्छन् । अहिले कटौतीमा परेको १५ अर्बको बजेटको अंक पनि विकासतर्फकै हो । भदौको करिब अन्तिम सातामा प्रतिपक्षी दलको नाराबाजीका बीच सरकारले संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गरेको छ । पेस गरेको विधेयकमा सरकारले बजेटको आकार थोरै घटाएको छ । तर, चुनाव केन्द्रित वितरणमुखी कार्यक्रम थप गरेको […]

सहकारीको भगिनी कम्पनी : कसरी हुन्छ कार्यान्वयन ?

३१ भदौ, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट ल्याएको बजेट उल्ट्याउँदै अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रतिस्थापन बजेट पेश गरे । प्रतिस्थापन बजेट चार असोजपछि नियमित प्रक्रियाबाटै पारित गराउने सरकारको तयारी छ । बजेट पारित भए सहकारी क्षेत्रको लोकप्रिय अर्को नीति पनि बन्नेछ । अर्थात् सहकारी संस्थाहरुले भगिनी कम्पनी खडा गरेर लगानी गर्न पाउनेछन् […]

प्रतिस्थापन बजेटबारे नाडा : नेपालमा अब अटोमोबाइल उद्योगहरूको उदय हुनेछ

नाडा अटोमोबाइल्स एशोसिएनसले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको २०७८/०७९ को प्रतिस्थापन बजेट नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग स्थापनाका लागि कोशेढुङ्गा साबित हुने बताएको छ ।प्रतिस्थापन बजेट मार्फत एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तःशुल्क महसुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाल

प्रतिस्थापन बजेट : सार्वजनिक संस्थानहरु पनि पूँजीबजारमा भित्रिने

भदौ २६, काठमाडौं । पूँजीबजारमा अब सार्वजनिक संस्थानहरु पनि भित्रिने भएका छन् । शुक्रवार संसदमा प्रतिस्थापन बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले सार्वजनिक संस्थानहरुको पनि सर्वसाधारणमा शेयर जारी गर्ने बताएका हुन् । सार्वजनिक संस्थानहरुलाई पूँजीबजारमा भित्र्याउनका लागि सर्वसाधारणमा आईपीओ जारी गर्ने घोषणा अर्थमन्त्री शर्माले गरेका हुन् । सरकारको मातहतमा रहेका पूर्ण सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुलाई आवश्यकता अनुसार कम्पनी मोडलमा रुपान्तरण गरी अर्थतन्त्रको ऐनाको रुपमा रहेको  पूँजीबजारमा भित्र्याउने व्यवस्था मिलाइने अर्थमन्त्री शर्माले बताएका हुन् ।  सार्वजनिक संस्थानहरुलाई पूँजीबजारमा सूचीकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन सक्षम बनाउने नीति सरकारले लिएको अर्थमन्त्री शर्माको भनाइ छ । यसका लागि निरन्तर घाटामा गएका सार्वजनिक संस्थानहरुलाई संरचनागत र व्यवस्थापकीय सुधार गरी संचालन गर्ने, खारेज गर्ने वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन गर्ने नीति सरकारले लिने अर्थमन्त्री शर्माले जानकारी दिए ।  पूँजीबजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गरिने समेत अर्थमन्त्री शर्माले प्रस्तुत गरेको प्रतिस्थापन बजेटमा उल्लेख छ ।

सरकारले छापामार शैलीमा प्रतिस्थापन बजेट ल्यायो : एमाले

नेकपा एमालेले सरकारले छापामार शैलीमा प्रतिस्थापन बजेट ल्याएको बताएको छ ।  शनिवार बसेको स्थायी कमिटीको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले बलमिच्याइँ गरेर प्रतिस्थापन बजेट ल्याएको बताए ।  ‘अघिल्लो सरकारले समावेश गरेका लोकप्रिय कार्यक्रमहरू कटौती गर्ने काम भएको छ,’ उनले भने, ‘हचुवाका भरमा नयाँ आयोजनाहरू समावेश गरिएको छ ।’ यससम्बन्धी आपत्ति र विमति रहेको जनाउँदै भट्टराईले पार्टीले आधिकारिकता धारणा चाँडै सार्वजनिक गर्ने जानकारी दिए ।

१६ खर्ब ३२ अर्ब ८३ करोडको प्रतिस्थापन बजेट

काठमाडौं । सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको प्रतिस्थापन बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट अंकलाई परिमार्जन गर्दै प्रतिस्थापन विधेयकबाट शुक्रबार पुनः नयाँ आकारको बजेट ल्याएका हुन् । प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको तीव्र अवरोध र नाराबाजीबीच अर्थमन्त्री शर्माले शुक्रबार प्रतिनिधि सभामा संशोधित बजेट […] The post १६ खर्ब ३२ अर्ब ८३ करोडको प्रतिस्थापन बजेट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.