‘प्रतिस्थापन बजेटले शतप्रतिशत सवारी आयात वृद्धि’

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा शतप्रतिशत सवारी आयात वृद्धि हुनुमा प्रतिस्थापन बजेट नै प्रमुख कारण रहेको बताएका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटका क्रममा अध्यक्ष दुलालले यस्तो बताएका हुन् । उक्त भेटका क्रममा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरुको आयातमा आर्थिक बर्ष २०७६÷०७७ को तुलनामा आर्थिक बर्ष २०७७÷७८

सम्बन्धित सामग्री

सरकारको आँकलनः विद्युतीय सवारी साधनको आयात वृद्धि भए १ खर्ब राजश्व घट्ने

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युतीय सवारी साधन आयातमा वृद्धि भए १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीतिअनुरुप कर छुटका कारण चालु आ.व.को अन्त्यसम्म १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको हो। बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा राजश्व संकलनको […]

विद्युतीय सवारीसाधनको आयात वृद्धि

सरकारले विद्युतीय सवारीसाधनमा ६० प्रतिशतसम्म भन्सार छुट दिएपछि आयात वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा तीन हजार ६७५ वटा विद्युतीय सवारी कार, भ्यान र जिप आयात भएका छन् । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार ५० किलोवाटसम्मका पाँच खर्ब ८१ करोड २३ लाख ९२ हजार रुपियाँबराबरका दुई हजार २८ वटा ती सवारीसाधन आयात भएका छन् । ५२ वटा ५१ देखि एक सय किलोवाटसम्मका करिब २६ करोड २६ लाख ४२ लाख रुपियाँबराबरका विद्युतीय गाडी आयात भएका छन् ।

कार, जिप, भ्यानको आयात प्रतिबन्ध खुला गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कार,जिप, भ्यान लगायतका सवारी लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको छ । बिहीबार राजधानीमा नेपालको पहिलो ईभी अटो शो, २०२२ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ध्रुव थापाले यस्तो माग गरेका हुन् ।कुल गार्हस्थ उत्पादन (जीडीपी)मा एक्लैको २५ प्रतिशत बढी योगदान रहेको अटोमोबाइल्स सेक्टरले आयातको दुई गुणा बढी राजस्वमा योगदान दिएको अध्यक्ष थापाले बताए । तथापि, राज्यले अटोमोबाइल्सलाई आयात वृद्धि गर्ने र विदेशी मुद्रा सञ्चितिमा कमी आउने भन्दै आयातमा प्रतिबन्ध लगाएको छ । यसप

विद्युतीय गाडीको आयात बढ्यो, १ महिनामा ६२ करोडको आयात

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयात रोकेपछि विद्युतीय गाडीको आयात वृद्धि भएको छ । चालू आवको पहिलो महिनामा नै २११ वटा विद्युतीय गाडी भित्रिएका छन् । सरकारले पहिलो महिनामा २१ करोड विद्युतीय गाडीबाट भन्सार उठाएको छ । अघिल्लो वर्षको साउनमा १०५ वटा मात्रै विद्युतीय गाडी आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा […]

इन्धन र सवारी आयात वृद्धि हुँदा वीरगञ्ज भन्सारले संकलन गर्‍यो ८८ अर्ब  राजस्व

पुस ८, वीरगञ्ज । देशकै मुख्य व्यापारीक नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ । गत आर्थिक वर्षको पहिलो पाँच महीनाको तुलनामा चालू आवको पहिलो पाँच महीनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएकोे हो ।          आर्थिक वर्ष २०७७/ ७८को साउनदेखि मंसिर मसान्तसम्मको पाँच महीनामा ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख रुपैयाँ बढी अर्थात् ८८ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो ।            विभागलले चालू आवको साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब ८ करोड ६६ लाख रुपैयाँभन्दा ढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको बताए।             गत आर्थिक वर्षको पहिलो पाँच महीनामा  ५४ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा ३ अर्ब ४२ करोड ४१ लाख बढी राजस्व संकलन गरेको थियो ।नेपालका लागि हुने इन्धन आयातबाट संकलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले बताएको छ । रासस