१६ खर्ब ३२ अर्ब ८३ करोडको प्रतिस्थापन बजेट

काठमाडौं । सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको प्रतिस्थापन बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट अंकलाई परिमार्जन गर्दै प्रतिस्थापन विधेयकबाट शुक्रबार पुनः नयाँ आकारको बजेट ल्याएका हुन् । प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको तीव्र अवरोध र नाराबाजीबीच अर्थमन्त्री शर्माले शुक्रबार प्रतिनिधि सभामा संशोधित बजेट […] The post १६ खर्ब ३२ अर्ब ८३ करोडको प्रतिस्थापन बजेट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

‘संरचनागत समस्याका कारण बजेट कार्यान्वय

प्रतिस्थापन विधेयकको कार्यान्वयनमा समस्या देखिएको अर्थविद्हरूले बताएका छन् । प्रमोटर्स ग्रुपले शनिबार आयोजना गरेको ‘प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता’ विषयक अन्तक्रिया कार्यक्रममा अर्थविद्हरूले संरचनागत समस्याका कारण बजेट कार्यान्वयन हुन नसकेको देखिएको बताएका हुन् ।कार्यक्रममा वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले बजेट कार्यान्वयनको अवस्था कमजोर रहेको बताए । “पहिलो कुरा त श्वेतपत्रलाई प्रतिस्थापन बजेटले सम्बोधन […]

बजेट कार्यान्वयन कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, असोज ११ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा अर्थमन्त्री शर्माले आ–आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको हो । बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थमन्त्रायबाट सम्पादन हुने कार्यहरुमा कुनै […]

वितरणमुखी रोमाञ्चक प्रतिस्थापन बजेट

पुँजीगत खर्चमा कटौती हुँदा विकास निर्माणका कार्यक्रम नै खुम्चिन्छन् । अहिले कटौतीमा परेको १५ अर्बको बजेटको अंक पनि विकासतर्फकै हो । भदौको करिब अन्तिम सातामा प्रतिपक्षी दलको नाराबाजीका बीच सरकारले संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गरेको छ । पेस गरेको विधेयकमा सरकारले बजेटको आकार थोरै घटाएको छ । तर, चुनाव केन्द्रित वितरणमुखी कार्यक्रम थप गरेको […]

सहकारीको भगिनी कम्पनी : कसरी हुन्छ कार्यान्वयन ?

३१ भदौ, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट ल्याएको बजेट उल्ट्याउँदै अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रतिस्थापन बजेट पेश गरे । प्रतिस्थापन बजेट चार असोजपछि नियमित प्रक्रियाबाटै पारित गराउने सरकारको तयारी छ । बजेट पारित भए सहकारी क्षेत्रको लोकप्रिय अर्को नीति पनि बन्नेछ । अर्थात् सहकारी संस्थाहरुले भगिनी कम्पनी खडा गरेर लगानी गर्न पाउनेछन् […]

प्रतिस्थापन बजेट कार्यान्वयनमा निजी क्षेत्रको शंका

सरकारले ल्याएको जुनसुकै बजेटमा पनि कार्यान्वयनको आशंका कहिल्यै हट्न सकेको छैन । बजेट आएपछि दिईने पक्ष र विपक्ष, सकारात्मक र नकारात्मक टिप्पणी र प्रतिक्रियाहरु भन्दा यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने भएकोले पछिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा पनि कार्यान्वयनको आशंका निजी क्षेत्रमा कायमै रहेको छ ।बजेटमा विशेष सरोकार राख्ने निजी क्षेत्रले कार्यान्वयनमा आशंका गरेका […]

‘राहत दिन प्रतिस्थापन बजेट’

काठमाडौं, (नेस) ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोरोनाबाट संकटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने योजना, आर्थिक तथा भौतिक विकासलाई जोड दिएर प्रतिस्थापन बजेट आएको बताउनुभएको छ । ललितपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री भुसालले आगामी आवको बजेट पनि राष्ट्रको हित र जनताको भावना सम्बोधन गर्ने […]

प्रतिस्थापन बजेट : सार्वजनिक संस्थानहरु पनि पूँजीबजारमा भित्रिने

भदौ २६, काठमाडौं । पूँजीबजारमा अब सार्वजनिक संस्थानहरु पनि भित्रिने भएका छन् । शुक्रवार संसदमा प्रतिस्थापन बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले सार्वजनिक संस्थानहरुको पनि सर्वसाधारणमा शेयर जारी गर्ने बताएका हुन् । सार्वजनिक संस्थानहरुलाई पूँजीबजारमा भित्र्याउनका लागि सर्वसाधारणमा आईपीओ जारी गर्ने घोषणा अर्थमन्त्री शर्माले गरेका हुन् । सरकारको मातहतमा रहेका पूर्ण सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुलाई आवश्यकता अनुसार कम्पनी मोडलमा रुपान्तरण गरी अर्थतन्त्रको ऐनाको रुपमा रहेको  पूँजीबजारमा भित्र्याउने व्यवस्था मिलाइने अर्थमन्त्री शर्माले बताएका हुन् ।  सार्वजनिक संस्थानहरुलाई पूँजीबजारमा सूचीकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन सक्षम बनाउने नीति सरकारले लिएको अर्थमन्त्री शर्माको भनाइ छ । यसका लागि निरन्तर घाटामा गएका सार्वजनिक संस्थानहरुलाई संरचनागत र व्यवस्थापकीय सुधार गरी संचालन गर्ने, खारेज गर्ने वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन गर्ने नीति सरकारले लिने अर्थमन्त्री शर्माले जानकारी दिए ।  पूँजीबजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गरिने समेत अर्थमन्त्री शर्माले प्रस्तुत गरेको प्रतिस्थापन बजेटमा उल्लेख छ ।

सरकारले छापामार शैलीमा प्रतिस्थापन बजेट ल्यायो : एमाले

नेकपा एमालेले सरकारले छापामार शैलीमा प्रतिस्थापन बजेट ल्याएको बताएको छ ।  शनिवार बसेको स्थायी कमिटीको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले बलमिच्याइँ गरेर प्रतिस्थापन बजेट ल्याएको बताए ।  ‘अघिल्लो सरकारले समावेश गरेका लोकप्रिय कार्यक्रमहरू कटौती गर्ने काम भएको छ,’ उनले भने, ‘हचुवाका भरमा नयाँ आयोजनाहरू समावेश गरिएको छ ।’ यससम्बन्धी आपत्ति र विमति रहेको जनाउँदै भट्टराईले पार्टीले आधिकारिकता धारणा चाँडै सार्वजनिक गर्ने जानकारी दिए ।